logo
२०८१ मंसिर १२ बुधवार



सिमा नाका कुभिण्डेमा सेनिटाईजर टनेल

खुला |


सिमा नाका कुभिण्डेमा सेनिटाईजर टनेल


.
स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख ९ गते । कोरोना भाइरसको महामारीमा स्याङ्जा र कास्कीको सिमाना फेदिखोला १ कुभिण्डेमा सेनिटाईजर टनेल राखिएको छ ।

जिल्लालाई कोरोना भाइरसबाट मुक्त राख्नको लागि राष्ट्रिय युवा संघ नेपाल पुतलीबजार नगर कमिटि स्याङ्जाले टनेल राखेको हो ।
फेदिखोला गाउँपालिका उपाध्यक्ष देबि थापालाई संघका अध्यक्ष अमृत नेपालीले टनेल हस्तान्तरण गर्नुभएको हो ।

कास्की हुँदै आउनेहरुलाई जिल्ला भित्रिन भन्दा पहिलो सेनिटाईजर टनेलमा सेनिटाईजेसन गरेर जिल्ला भित्र्याउने उदेश्यले टनेलको ब्यवस्था गरिएको अध्यक्ष नेपालीले बताउनुभयो ।
जिल्लाका सिमा नाकाहरुमा टनेल राख्ने गरी पहिलो पटक कुभिण्डेमा ब्यवस्था गरिएको बताउदै नेपालीले स्याङ्जा र पाल्पाको नाका राम्दीमा समेत सेटिनाईजर टनेल एक दुई दिनमा राख्ने बताउनुभयो ।

आवश्यक परेमा अन्य स्थानहरुमा समेत टनेल राख्ने बताउदै अध्यक्ष नेपालीले नगर कमिटिले पुतलीबजारमा सकेत एक ठाउँमा राख्ने बताउनुभयो । टनेल हस्तान्तरणमा गाउँपालिका उपाध्यक्ष थापाले जिल्लाबासीलाई संक्रमणमुक्त बनाउन नाकामा राखिने टनेलले निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।कोरोनासंग जुध्न यहाँका हरेक पालिकासंगै युवाहरु जागरुक हनुपर्ने बताउदै थापाले कोरोनालाई निर्मूल पानुपर्ने बताउनुभयो ।

सेनिटाईजर टनेल भित्र व्यक्ति प्रवेश गरेपछि स्वीच अन गरिने र व्यक्तिको शिरदेखि पाउसम्म उसँग भएका बाहिरी किटाणु हरु निस्कृय हुनेछ । संघले सेनिटाईजर टनेल ३० हजारको लागतमा निर्माण गरेको संघका सदस्य राधाकृष्ण शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?