सञ्जय कुमार मिश्र
गौर,बैशाख ९ गते । ग्रामीण विकास केन्द्र नेपाल रौतहटले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्न उदेश्यले क्वारेन्टाईन निर्माणका लागि ४६६थान तथा स्वास्थ्य सम्बन्धी सुरक्षात्मक सामाग्री उपलब्ध गराएको छ ।
कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणकालागि वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा केन्द्रले क्वारेन्टाईन निर्माणकालागि ८ठाउँमा तथा स्वास्थ्य सुरक्षात्मक सामाग्री दुईवटा पालिकालाई हस्तानान्तरण गरेको हो ।
क्वारेन्टाईन निर्माणकालागि गरुडा ,सखुअवा ,माधोपुर ,दुर्गाभगवती ,यमुनामाई ,नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हस्तानान्तरण गरिएको केन्द्रका कार्यक्रम संयोजक राजेश चौधरीले बताउनुभयो ।उहाँले क्वारेन्टाईन स्थापना गर्नकालागि त्रिपाल ७० थान ,बैलैन्केट ९२थान ,मच्छरजाली ४०थान ,बाल्टिन ६०थान ,जर्किन ९८ ,पटिया २५ ,पि फाम ५ ,बेल्चा ११ ,ठूलो डोरी ५०थान तथा सानो डोरी १५थान गरी ४६६थान सामाग्री उपलब्ध गराइएको बताउनुभयो ।
स्वास्थ्य सामाग्री र क्वारेन्टाईन निर्माण सामाग्री प्रदेश नंं२का भूमि ,कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवद्धारा माधवनारायण तथा गरुडा नपालाई हस्तानान्तरण गराइएको ग्रामिण विकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसैनले बताउनुभयो ।
स्वास्थ्य सामाग्री अन्तर्गत बाल्टिन २० ,साबुन ४०० ,सेनिटाइजर ५० तथा ग्लोब्ज एकहजार ६सय जोडी उपलब्ध गराइएको अध्यक्ष हुसैनले जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरसको संक्रमण देखापरेपछि यसको जोखिमबाट सर्वसाधारणलई बचाउने उद्येश्यले केन्द्रले यसअघि जिल्ला दैवी प्रकोप समिति रौतहटलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको समेत अध्यक्ष हुसैनले जानकारी दिनुभयो ।