धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख ९ गते । सप्तरी प्रहरीले जिल्लामा लकडाउन प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको छ । लकडाउन प्रभावकारी बनाउन प्रहरी सामान्य रुपमा प्रस्तुत हुँदा अटेर गर्न थालेपछि स्वास्थ्य सुरक्षासहितको नयाँ योजना अघि सारेको हो ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी राखिएको लकडाउनलाई प्रभावकारी बनाउन स्वास्थ्य सुरक्षाको लागि पीपीईसहित थप रणनीति ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । लकडाउन पालना गर्न र गराउन पीपीई सहित प्रहरी परीचालन गरी बिना कारण घर बाहिर निस्किेर हिड्ने व्यक्तिहरुलाई म्यान क्याचिङ्ग (मानिस समात्ने) उपकरणको माध्यमले समात्ने र उद्धार गर्ने उपकरणद्वारा नियन्त्रणमा लिई सामाजिक दुरी कायम गराउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लकडाउन उल्घंन गर्नेलाई घाममा उभ्याई लकडाउनमा पालना गर्नुपर्ने नियमको बारेमा सम्झाई–बुझाई अब आईन्दा लकडाउन उल्घन नगर्ने शर्तमा छाडिने नीति तय गरिएको छ । त्यस्तै भविष्यमा हुन सक्ने महामारीको जोखिमबाट बच्न र बचाउन, संक्रमित व्यक्तिहरुलाई सम्बन्धित स्थान सम्म पु¥याउन र अन्य उद्धार कार्यमा जुनसुकै बखत परिचालन हुनसक्ने गरी जिल्ला तथा मातहत समेतमा पीआरटी प्यासेन्ट रिसिभिङ्ग टिम र ¥यापिड रेसपन्स टोली गठन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । कार्यालय प्रमुख तथा सम्बन्धित टोलीमा खटिएका कमाण्डरद्वारा टोलीको काम कर्तव्य, जिम्मेवारी र अपनाउनु पर्ने सुरक्षात्मक उपायको बारेमा आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभयो ।