logo
२०८१ मंसिर १२ बुधवार



घर ढल्यो,दलितबस्तीमा कन्तबिजोग  

खुला |


घर ढल्यो,दलितबस्तीमा कन्तबिजोग  


मनोज तिमल्सिना
रौतहट,बैशाख १० गते । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडानम्बर सात स्थित नँयाबस्ती कटानीमा दर्जनौं घरपरिवार घर बीहिन बन्न पुगेका छन् ।

गत शनिबार आएको विनाशकारी हावाहुरी र असिनापानीले धैरैका घरको छाना उडायो त कसैको घर नै लडायो । बालीनाली चौपट बनायो ।  दलित बस्तीका रुपमा चिनिएको यहाँ स्थानीय जादोलाल महराको घर ध्वस्त बनायो । राती सवै परिवार सुतिरहेको बेला घर नजिकैको बिशाल रुख ढल्दा महराको घर लड्यो । महरालाई घरबीहिन बनायो । मजदुरी गर्ने विपन्न दलित यस परिवारको घर मर्मत गर्र्ने सामथ्र्य छैन् । कतैबाट केही सहयोग भएको छ्रैन् । लकडाउनका कारण महरासंग काम पनि छै्न ।

घर लडेपछि विच्चली भएको महराले बताउनुभयो । दुई छोरा र एक श्रीमति गरी चारजनाको परिवार रहेको उहाँले वडा कार्यालयले यसअघि दिएको राहत सामाग्री पनि सकिन लागेको जनाउनुभयो । महरालाई रासन सकिएपछि भोकैभोकै बस्नु पर्ने चिन्ताले सताएको छ । घर लड्दा श्रीमतीको ढाडमा गहिरो चोट लागेको महराले बताउनुभयो । अहिले खुल्ला आकासमुनी रात काट्दै आउनुपरेको छ ।

अर्का स्थानीय दिनकर मुखियाको हालत पनि उस्तै छ । मुखियाको पनि घर लड्यो । दुई जनाको परिवार रहेको मुखियाले घर लडेपछि रातभर प्लास्टिक ओढेर बस्नुपर्ने बाध्यता रहेको जनाउनुभयो । घरमा खानेकुरा छैन्,तीन दिनदेखि केही खान नपाएको मुखियाको दुखेसो छ । रिता देविरामको बिजोग पनि कम्ति छैन् । घर लडेपछि छिमेकको घरमा बस्नुपरेको छ । घर लड्दा थिचिएर घरमा भएको एउटा बाख्रासमेत मरेपछि देवीरामको अवस्था नाजुक छ । घरमा रहेको रासनसमेत भिजेर काम नलाग्ने भएको देवीरामको कथन छ ।

महरा,मुखिया र देवीराम प्रतिनिधि पात्र मात्र हुन । यहाँ रामईश्वर राय,उपेन्द्र रामलगाएतका दर्जनौं परिवार अहिले घरबीहिन हुनुपरेको छ । नयाँबस्ती कटानी गत २०५० सालमा बागमती नदिमा आएको बाढीबाट विस्थापित परिवारलाई सरकारद्धारा पुर्नबास गराइएको गाउँ हो ।

वडाले सहयोग तथा व्यवस्था गर्ने जनाएपनि हालसम्म केही नपाएको पीडित परिवारको गुनासो छ । त्रिपाल तथा खाद्यान्नको तत्काल व्यवस्था गर्न खाँचो रहेको रौतहट क्षेत्र नम्वर चारका निर्वाचित साँसद देवप्रसाद तिमलसिनाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?