logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनमा गरिब विपन्नलाई राहत स्वरुप खाद्यान्न वितरण

खुला |


लकडाउनमा गरिब विपन्नलाई राहत स्वरुप खाद्यान्न वितरण


सञ्जय कुमार मिश्र
गौर,बैशाख १० गते । कोभिड १९को संक्रमण नियन्त्रण तथा रोकथामकालागि सरकारले गरेको लाकडाउनमा दैनिक ज्यालादारी ,विपन्न ,गरिबलाई रौतहटका स्थानिय निकायहरुले राहत सामाग्री वितरण कार्यलाई त्रिवता दिएको छ ।

जिल्लामा १८वटा स्थानिय निकाय मध्ये केही स्थानिय निकायले राहत वितरण कार्य सम्पन्न गरेको तथा अन्य स्थानिय निकायहरुमा गरिब विपन्न तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिको लगत संकलन गरी राहत वितरण कार्यलाई त्रिवता दिइएको छ ।

राहत वितरण गर्ने क्रममा ईशनाथ नरपालिकाले वडा नं. १बाहेक सबै वडाका ७५०० विपन्न गरिबलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको निप्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले बताउनुभयो ।चामल २०किलो, दाल २किलो, नुन एक किलो ,खानेतेल एक लिटरका दरले प्रति परिवारलाई वितरण गरिएको तथा वडा नं.१मा पनि छिटै राहत वितरण गर्ने निप्रमुख प्रशासकिय अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

गरुडा नगरपालिकाले वडा नंं. १मा ४०० परिवार तथा वडा नं. ९मा ५७४ गरिब विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको तथा अन्य वडाहरुमा राहत वितरण कार्य जारी रहेको प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलमले बताउनुभयो ।खाद्यान्नमा चामल २५किलो ,दाल २किलो नुन एक किलो ,खानेतेल एक लिटर ,चिनी एक किलो गरी प्रति परिवारलाई राहत वितरण गरिएको निप्रमुख प्रशासकिय अधिकृत आलमले जानकारी दिनुभयो ।

राजपुर नपाले अहिलेसम्म ७ वटा वडामा दश हजार गरिब ,विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको तथा वडा नं. ७ र ९वडामा राहत वितरण जारी रहेको निप्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले बताउनुभयो ।चामल १५किलो ,दाल २किलो ,नुन एककिलो ,खानेतेल एकलिटरका दरले जनही राहत स्वरुप खाद्यान्न वितरण गरिएको निप्रमुख प्रशासकिय अधिकृत ठाकुरले बताउनुभयो ।

परोहा नगरपालिकाले नगरक्षेत्रका २७०० घर परिवारलाई राहत वितरण गरिएको तथा छुटफुट केही परिवारलाई राहत वितरण गर्ने तैयारीमा रहेको प्रशासन प्रमुख अब्दुल रब अंसारीले बताउनुभयो ।चामल १५किलो ,दाल२किलो ,खानेतेल एक लिटर ,नुन एक किलो तथा स्वाबिन आधा किलोका दरले प्रति परिवारलाई वितरण गरिएको प्रशासन प्रमुख अंसारीले जानकारी दिनुभयो ।

यसैगरी गौर नपाले नगरक्षेत्रका ५१०० गरिब ,विपन्न तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको नगरप्रमुख अजय कुमार गुप्ताले

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?