logo
२०८१ मंसिर १२ बुधवार



भारत पक्षले जडान गर्दै रौतहटको सीमा नाकामा सिसिटिभी क्यामरा

खुला |


भारत पक्षले जडान गर्दै रौतहटको सीमा नाकामा सिसिटिभी क्यामरा


कृष्ण तिवारी
रौतहट, बैशाख १० गते । नेपाल भारत सिमानाको धेरै ठाउँमा भारतीय पक्षले आफ्नो सीमाभित्र सिसिटिभी क्यामरा जडान गरेको छ । रौतहटमा कोरोनाको संक्रमण पुष्टि भएको aखबर सार्वजनिक भएपछि नेपालबाट भारत पस्ने रौतहटसँग सिमाना जोडिएका अधिकांश गाउँमा भारतले सिसिटिभी जडान गरेको बुझिएको छ ।

रौतहटको ब्रह्मपुरी गाउँभन्दा दक्षिणको मसहा, गौर भन्दा दक्षिणको बैरगनिया, बन्जरहासँगैको बलुवा, लतमरीसँगैको हनुमान चौक, खापभन्दा दक्षिणको कबहिया ब्लक, बंकुलभन्दा दक्षिणको भारतीय गाउँमा पनि सिसिटिभी जडान गरिएको छ ।

नेपालको रौतहटबाट भारत तर्फ जाने अधिकांश गाउँमा सिसिटिभी क्यामरा जडान गरी भारतीय पक्षले निगरानी सुरु गरेको छ ।
भारतले सिसिटिभी निगरानी बढाएपछि सीमा नाकामा आवतजावत पूर्ण रुपमा रोकिएको छ । यसले अब तस्करी नियन्त्रणमा पनि सहयोगी भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।
नेपाल तर्फ भने केही सीमा नाकामा सिसिटिभी राख्ने विषयमा आन्तरिक तयारी भइरहेको सशस्त्र प्रहरी बल गण नं. ११ रौतहट हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्ण्िजतले बताएउनुभएको छ ।

भारतले सीमा नाकामा सिसिटिभी क्यामरा राखेर निगरानी गरिहेको विषयमा आफूलाई खासै जानकारी नभएको प्रहरी उपरीक्षक कर्णजीतले बताउनुभयो । कोरोना भाइरसको संक्रमणको पुष्टि भएदेखी नै रौतहटको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?