देवराम प्रसाद यादव
सप्तरी बैशाख १० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवाको र्या्पिड डाइग्नोष्टिक टेष्ट पोजेटिभ आएको छ ।
कुटपीट मुद्दामा सोमवार पक्राउ परेका उहाँलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलवार जाँच गराउँदा आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । डाक्नेश्वरी नगरपालिका वडा नम्वर–४ का ४८ वर्षिय पुरुषलाई छिमेकीसँगको विवादमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनु भएका छन् ।
उहाँको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि तत्काल आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । आज बुधबार विहान उहाँको स्वाब संकलन गरी पिसिआर जाँचकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईने उहाँले बताउनु भयो ।
यसै विच सप्तकोशी नगरपालिका–१ फत्तेपुरका र्या्पिड डायग्नोस्टिक टेष्ट (आरडिटी) देखिएका ७१ वर्षीय वृद्धको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार साँझ आएको पिसिआर रिपोर्टमा उनीसहित परिवारका अन्य दुई सदस्यको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि आइतबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । यसैगरी, आइतबार पिसिआरकालागि स्वाब संकलन गरेर २२ मध्ये अन्य १८ जनाको पनि रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।