logo
२०८१ मंसिर १२ बुधवार



मस्र्याङदीका किसानलाई ब्याडको बोका

खुला |


मस्र्याङदीका किसानलाई ब्याडको बोका


बेलिना थापा
लमजुङ, बैशाख १० गते । लमजुङको मस्र्याङदी गाउँपालिकाका व्यवसायिक किसानले ब्याड बोका पाएका छन् ।

गाउँपालिकाका अगुवा तथा व्यवसायिक रुपमा बाख्र्रापालन गर्दै आएका ११ जना किसानलाई ब्याड बोका वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर ब्याड बोका दिइएको बताउनुभयो । उहाँका अनुसार २० वटा भन्दा धेरै बाख्रा पाल्दै आएका किसानलाई गाउँपालिकाले अनुदानमा दिएको हो । ११ वटै बोका वडा नम्बर ७ उस्ताबेंसीमा डम्मरसिंह गुरुङको ‘साइला दाईको बाख्रा फार्म’ मा उत्पादन गरिएको र वितरण गरिएको हो ।

उहाँले भन्नुभयो–‘किसानले बाख्रापालन त गरेका छन् । तर, उत्पादन क्षमता राम्रो भएको बोका पाउन समस्या छ । हामीले किसानको समस्यालाई मध्यनजर गरी उत्पादन क्षमता बढी भएको बोका दिएका छौं ।’

बाख्रा र्फाममा एक कार्यक्रमकाबीच किसानलाई प्रजनन योज्ञ बोका वितरण गरिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो । किसानलाई बाख्रापालन व्यवसायमा आकर्षित गराउन र व्यवसायिक बनाउन अनुदानमा दिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आवेदन खुलाएको समयमा आवेदन परेका मध्ये ११ जना छनौट भएका थिए । किसानको व्यवसायमा सघाउन बोयर बोका दिएको मस्र्याङदी गाउँपालिका पशु सेवा शाखा खुदीका प्रमुख पशु चिकित्सक पवन श्रेष्ठले बताउनुभयो । शाखाले हरेक बर्ष व्यवसायिक किसानको व्यवसायमा सहयोग पु¥याउन अनुदानमा बोका वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

यो सहयोगले किसानलाई व्यवसाय फस्टाउन र उत्पादनमुखी बनाउन सहयोग पुग्ने उहाँले बताउनभयो । लकडाउनको समयमा किसानले सहज रुपमा पशुपालनमा लाग्न सघाउ पुग्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, वडा नम्बर ७ का अध्यक्ष युवा घले, पशु सेवा शाखा प्रमुख पशु चिकित्सक पवन श्रेष्ठलगायतले वितरण गर्नुभएको थियो ।
गाउँपालिकाले २ लाख रुपियाँ र किसानको २ लाख गरी ४ लाखमा बोका वितरण गरिएको छ ।

मस्र्याङदी गाउँपालिका ३ घोसिङका किसान साजन तामाङले ब्याड पाउँदा खुसी लागेको बताउनुभयो । गाउँघरमा ब्याड बोका पाउन समस्या भएको समयमा गाउँपालिकाले सहयोग गरेको उहाँले बताउनभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?