logo
२०८१ मंसिर १२ बुधवार



स्याङ्जा प्रवेश गर्ने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

खुला |


स्याङ्जा प्रवेश गर्ने अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने


स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख ११ गते । कोरोना भाइरसको बिश्वभर महामारी फैलिरहदाँ स्याङ्जामा रोगबाट बच्न र बचाउन थप सर्तकता अपनाइएको छ ।

बिगतमा स्वास्थ्य जाचँ, माक्स तथा सेनिटाइजरको प्रयोग र बिदेशबाट आएका नागरिकलाई क्वारेन्टाइन तथा टेष्ट गरेको स्याङ्जाले जिल्ला प्रवेश गर्ने सबैलाई क्वारेन्टाईनमा १४ दिन राख्ने र स्वास्थ्य परीक्षण गराएर मात्रै घर पठाउने भएको हो ।

कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रकाभकारी व्यवस्थापन गर्ने उद्देश्यले जिल्ल प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।

लकडाउनको अवधिमा अन्य जिल्लाबाट स्याङ्जा प्रवेश गर्नेलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परिक्षण गर्ने प्रजिअ कुरुङबाङको भनाई थियो । स्याङ्जा र कास्की जिल्लाको नाका कुभिण्डे तथा पाल्पा र स्याङ्जाको नाका राम्दी हुँदै प्रवेश गर्ने सबैलाई यहाँका पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने र समयअवधी पुरा भएपछि स्वास्थ्य परीक्षण गरि घर परिवारमा रहन पाउने व्यवस्था मिलाईने प्रजिअ कुरुङबाङको बताउनुभयो ।

क्वारेन्टाइनमा पालिकाहरुले खानको व्यवस्था गर्नेछन् भने एकान्तबासको समय पुरा भएपछि आरडिटि र पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएपछि नेगेटिभ आएमा घर पठाईने छ ।
अत्यावश्यक मालबहाक सवारी, एम्बुलेन्स, मलामीहरुलाई रेकर्ड राखेर भित्रन तथा बाहिरिन दिईने ब्यवस्था गरिएको छ ।  जिल्ला प्रवेश गर्ने सबै सवारीलाई क्लोरिन स्प्रे गरि व्यक्तिको स्वास्थ्य परिक्षण गर्ने प्रजिअ कुरुङबाङले बताउनुभयो ।

कोरोना संक्रमितको संख्या बढिरहेका बेला स्याङ्जामा संक्रमण भित्रन नदिन यस्तो कडाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको बिश्वभर महामारी फैलिएसगै यहाँ रहेका ११ वटा पालिकाले एक हजार २६८ जना अट्ने क्वारेन्टाइन निर्माण गरेका छन् ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?