logo
२०८१ मंसिर १२ बुधवार



दार्चुलाका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

खुला |


दार्चुलाका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


लोकेन्द्रप्रसाद जोशी
दार्चुला, वैशाख ११ गते । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुले जिल्लाका नौ वटै स्थानीय तह र दुई वटा अस्पतालहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना र सुदूरपश्चिम प्रदेशसभा सदस्यद्धय गेल्बुसिह बोहरा, मानबहादुर धामीको तर्फबाट मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

इन्फारेड थर्मोमिटर ९ थान, एन९५ मास्क ३० थान, पिपिई ५ थान, साधारण पिपिई १४ थान र मास्क एक सय थान हस्तान्तरण गरिएको अध्यक्ष धामीले बताउनुभयो । सासंदहरुको सहयोगमा प्राप्त स्वास्थ्य उपकरणहरु जिल्ला अस्पताल दार्चुला, गोकुलेश्वर अस्पताल र सबै स्थानीय तहलाई वितरण गरिएको छ ।

जिल्लाबाहिरका नागरिकलाई राहत वितरण
लकडाउनका कारण एक महिनादेखि जिल्ला बाहिर रहेका दार्चुलाका नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले राहत वितरणको तयारी थालेका छन् । दैनिक ज्याला मजदुरी गर्ने असंगठित मजदुर, असाहाय र बिपन्न परिवारलाई राहत वितरण गरिरहेका स्थानीय तहहरुले अद्ययन तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेर समस्यामा परेका नागरिकलाई राहत र उद्धारको पुर्वतयारी गरिरहेका छन् ।

सबै स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रण गर्न राहत कोष खडा गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार र अन्य संघसंस्थाहरुबाट समेत राहत रकम प्राप्त भएको छ । महाकाली नगरपालिका, अपिहिमाल, मार्मा, नौगाड, दुँहु, व्याँस गाउँपालिकाले आफ्नो स्थानीय तहका नागरिकहरुलाई राहत वितरण गर्न विभिन्न जिल्लाका लागि सम्पर्क व्याक्ती तोकेर तथ्याङक संकलन गरिरहेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?