विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १२ गते । झापाको दमक तीन भुटानी शरणार्थी शिविर बेलडाँगी नजिकै प्रारम्भिक कोरोना जाँच आरडिटीमा एकै परिवारका तीनजनामा पोजेटिभ देखिएपछि शिविर आवतजावतमा प्रतिवन्ध लगाईएको छ । शरणार्थी शिविरमा जेष्ठ नागरिक, अपाङ्ता भएका तथा बिरामीहरुको संख्या धेरै रहेकाले जोखिम न्यूनिकरणका लागि शिविरमा कडाई गरिएको बताईएको छ ।
भुटानी शरणार्थी शिविरमा बाक्लो बस्ती रहेकाले छिटो संक्रमण फैलन सक्ने भएकाले दमक नगरपालिकाको पहलमा तत्कालै शिविर शिल गरिएको जनाईएको छ । दमक नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता गिता अधिकारीका अनुसार आरडिटी पोजेटिभ आएकाहरुको स्वाब परीक्षण रिर्पोट नआएको भएपनि समयमा नै शर्तकता अपनाईएको हो ।
एक महिना अघि दुवइबाट आएका २८ बर्षिय युवकमा एन्टिबडि पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरुको पनि परीक्षण गरिएको थियो । स्वाब परीक्षणको रिर्पोट आएपछि थप रणनीति बनाउने तयारीमा नगरपालिका रहेको छ । यसभन्दा अघि दमक नगरपालिकामा बसेको सर्वपक्षिय भेलाले दमकमा बन्दाबन्दि कडा गर्ने र हप्तामा ५ दिन दमक पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार सागशब्जि बिक्री वितरणदेखि लिएर सबै ब्यापार ब्यवसाय बन्द गर्ने निर्णय भएको हो । दमक बाहिरबाट दुध, तरकारी र मासुजन्य सामाग्रि ल्याउन पनि बन्देज लगाईएको छ । यो दमकबासीको स्वास्थ्य सुरक्षाका लागि गरिएको निर्णय हो, ओलीले भन्नुभयो ।