स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख १३ गते । कोरोना भाइरसको विश्वभर महामारी फैलिरहदाँ स्याङ्जामा भने रोगबाट बच्न र बचाउन उच्च सर्तकता अपनाइएको छ ।
बिगतमा स्वाास्थ्य जाचँ, माक्स तथा सेनिटाइजरको प्रयोग र बिदेशबाट आएका नागरिकलाई क्वारेन्टाइन तथा टेष्टमा सिमित रहेकको स्याङ्जाले जिल्ला प्रवेश गर्ने सबैलाई १४ दिन क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण गराएर मात्रै घर पठाउने ब्यवस्था गरेको हो ।
कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रकाभकारी व्यवस्थापन गर्ने उद्देश्यले जिल्ल प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राख्ने निर्णय विपद् व्यवस्थापन समितिले गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले बताउनुभयो ।
विपद् व्यवस्थापन समितिको सर्तकतामा आफ्नो सहोदर छोरा बित्दा समेत अर्जुन चौपारी १ बेल्टारीका ख्याम प्रसाद काफ्ले क्वारेन्टाइनमा बस्नु भएको छ । भारतीय सेनामा रहेको २३ बर्षिया छोराको निधन भएपछि अन्त्येष्टिको लागि भारतको सिलगढी पुगेर पर्कनु भएका काफ्ले क्वारेन्टाइन बस्नु परेको हो ।
सेनाको पल्टनले अन्त्येष्टिको लागि आउनु पर्ने बताएपछि जिप लिएर एक साथीसगै काफ्ले भारत पुग्नु भएको थियो । भारत पुगेर छोराको अन्त्येष्टि मात्र हेरेर आउनु भएका काफ्ले सहित साथी र जिपका चालकलाई अर्जुन चौपारीको क्वारेन्टाइनमा राखिएको हो । भारत पुगेर फर्केका बाबु क्वारेन्टाइनमा बस्नु परेपछि सहोदर छोराको काजकिरीया मृतकका काकाले गर्नु परेको हो ।
जिल्लाको निर्देशनमा अर्जुन चौपारी गाउँपालिकाले काफ्ले सहितको तीन जनालाई क्वारेन्टाइनमा राखेको हो । भारतमा कोरोनाको महामारी रहदाँ बच्न र बचाउने उदेश्यले क्वारेन्टाइनमा राख्नु परेको अर्जुन चौपारीका अध्यक्ष दीर्घनारायण अर्यालले बताउनुभयो । स्याङ्जा र कास्की जिल्लाको नाका कुभिण्डे तथा पाल्पा र स्याङ्जाको नाका राम्दी हुँदै प्रवेश गर्ने सबैलाई यहाँका पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने र समयअवधी पुरा भएपछि स्वास्थ्य परीक्षण गरि घर परिवारमा रहन पाउने छन् ।
यहाँ हाल सम्म भारतबाट आएका र निजका परिवार गरी एक हजार क्वारेन्टाइनमा बसेका छन् भने अहलिे पालिका निर्माण गरेको ठाउँमा ७३ जना क्वारेन्टाइनमा रहेका छन् ।