logo
२०८१ मंसिर १२ बुधवार



हुम्लामा दुई हजार क्वीन्टल नुन ढुवानी

खुला |


हुम्लामा दुई हजार क्वीन्टल नुन ढुवानी


हुम्ला समाचारदाता

सिमकोट वैशाख १३ गते । बन्दाबन्दीकाबिच हुम्लामा दुई हजार क्वीन्टल नुन ढुवानी भएको छ । अन्य बेला ढुवानी गर्न समस्या भएका बेला साल्ट ट्रेडिङ कर्पोरेशनको ढुवानी अनुदानको नुन बन्दाबन्दीका बेला सहज रुपमा नेपालगंजबाट ढुवानी भएको हो ।

कर्पोरेशनको हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले यस अबधिमा दुई हजार क्वीन्टल नुन ढुवानी भएको बताउनुभयो । नुनको केही अभाब भएका बेला चालु आर्थिक बर्षको कोटाको नुन बन्दाबन्दीमा ढुवानी भएपछि अहिले गोदाममा नुनको मौज्दात राम्रो देखिएको छ । यात्रु तथा काग्रोको सामान ओसार्ने बेला नुन ढुवानी गर्न निक्कै कठिन हुनेगर्छ ।

अझै पाँच सय क्वीन्टल थप गर्ने प्रकृया अगाडी बढेको कारण त्यो नुन पनि बन्दाबन्दीका बेला ढुवानी हुने बताउदै प्रमुख लामाले अब आगामी असोज महिनासम्म नुनको अभाब जिल्लामा नहुने बताउनुभयो । सरकारले नुनको ढुवानीमा सहुलियत दिएको कारण हुम्लामा नुन प्रतिकेजी नौ रुपियाँ पर्ने गर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?