महोत्तरी समाचारदाता
जलेश्वर, बैशाख १३ गते । लकडाउनको बेला काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जादै गरेको एक यात्रुबाहक बस विपी राजमार्ग अन्तर्गत महोत्तरीको पाटुमा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना सिकिस्त रहेका छन् ।
उदयपुरको चौडण्डी नगरपालिकाका नगरबासीहरुलाई लिएर काठमाण्डौंबाट हिडेको बा३ख ४०३६ नम्बरको बस शनिबार बिहान बर्दिबास नगरपालिकाको वडानं. ३ पाटुमा दुर्घटनामा परेका थिए । दुर्घटनामा परि सो बसका सहचालक दोलखाको तामाकोसी वडानं. २ घर भएका २८ वर्षिय बाबुराम विश्वकर्माको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्दा हुडबाट किचिएर मृत्यु भएको बताउदै सोही दुर्घटनामा परि दोलखाकै प्रदिप विश्वकर्मा घाइते भएको जनाएको छ । उनको उपचार बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । घटनापछि बसका चालक फरार रहेका छन् भने बसमा सवार यात्रुहरुहरुलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरुलाई गन्तव्यमा पु¥याउने तयारी भइरहेको जनाइएको छ ।