logo
२०८१ मंसिर १२ बुधवार



सल्यानमा छोराले गरे बाबुको हत्या

खुला |


सल्यानमा छोराले गरे बाबुको हत्या



सल्यान समाचारदाता
सल्यान, वैशाख १४ गते । सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका अन्दाजी २२ वर्षिय सुरज वि.क. ले बाबु बुदे कामीको हत्या गरेका हुन । शनिबार साँझ सात बजे बाबुलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले हत्याको आरोपमा छोरा सुरजलाई नियन्त्रणमा वताउनु भयो । उहाका अनुसार प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको छ ।

निज सुरजले यहि वैशाख १ गते आमाको पनि हात बाँचेको प्रहरीको भनाई छ । मृत्तक बुदे कामीको मुचुल्का पछि पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याउने तयारी भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?