logo
२०८१ मंसिर १२ बुधवार



सिरहामा ३९७ जनाको स्वाब परीक्षण

खुला |


सिरहामा ३९७ जनाको स्वाब परीक्षण


लहान समाचारदाता
लहान,बैशाख १५ गते । सिरहा जिल्लाको विभिन्न स्थानीय तहमा शनिबार र आइतबार गरी ३९७ जनाको स्वाब पर।ीक्षण गरिएको स्वास्थ्य कार्यालय सिरहाले जानकारी गराएको छ । नेपाली सेनाका स्वास्थ्यकर्मीको सहयोगमा सिरहामा ३९७ जनाको स्वाब परीक्षण गरिएको हो ।

संकलन गरिएको स्वाबलाई २४ घण्टाभित्र पठाउनु पर्ने भएकोले शनिबार संकलन गरिएको २४३ जनाको स्वाब एम्बुलेन्सबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौ पठाइ सकिएको र आइतबार संकलन गरिएको १५४ जनाको स्वाब पनि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाईले जानकारी दिनुभयो ।

यता स्वास्थ्य कार्यालय सिरहाका अनुसार शनिबार नेपाली सेना मेडिकल ल्याब एशोसियन अफ नेपाल (मेलान) र इडिसिटिबाट आएका प्राविधिक टोलीले लहान नगरपालिकामा ६९,गोलबजार नगरपालिकामा ६४,मिर्चैया नगरपालिकामा ६०,अर्नमा गाँउपालिकामा ५० गरी २४३ र आइतबार पनि स्वाब परीक्षणलाई निरन्तरता दिई सखुवा नन्कारकटि गाँउपालिकामा दुई स्थानमा गरी ३०

कल्याणपुर नगरपालिकामा ५७,औरही गाँउपालिकामा २१ र सुखीपुर नगरपालिकामा २५ जनाको स्वाब परिक्षण गरिएको थियो ।
स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत कृष्ण देव यादवका अनुसार पहिलो चरणमा पठाएका स्वाब संकलनको परिणाम दुई चार दिनमै आइसकेपछि संकलित सबैको परीक्षणपछि सिरहाको अवस्थाबारे यसकन जानकारी हुनेछ । छिमेकी जिल्ला उदयपुरमा संक्रमित बढेकाले सिरहामा पनि संक्रमित हुन सक्न कि भने विभिन्न स्तरबाट चासो र सतर्कता दुबै बढ्दै गएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?