ओखलढुंगा समाचारदाता
ओखलढुंगा, बैशाख १५ गते । पछिल्लो समय राष्ट्रिय प्रथामिकता प्राप्त आयोजना सोलु करिडोरको काम प्रभावित भएको छ । लकडाउनले उपकरण ढुवानी रोकिएपछि १ सय ३२ केभी प्रशारण लाइनकोे काम प्रभावित बनेको हो ।
सिराहाको मिर्चैया, उदयपुरको कटारी, ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बुको तिङ्ला प्रशारण लाइन जोड्ने कोरीडोरको काम पभावित भएका छ । आयोजनामा खटिएका साढे ४ सय मजदूर लकडाउनका कारण काममा निस्कन सकेका छैनन् । भारतीय कामदार भएका कारणले स्थानीयले अनावश्यक शंका गर्ने र सहजीकरण नगर्दा उनीहरु क्वारेन्टाइनमै रहेका आयोजनाले जनाएको छ । सरकारले ठूला आयोजनालाई काम गर्न अवरोध नगर्ने निर्णय गरे पनि आयोजनाको काम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
केही मजदुरले तार तान्न टावर जडान गर्ने लगायतका केही काम भने गरि रहेको देखिन्छ । लकडाउन अघि उदयपुरको मरुवा क्षेत्र, ओखलढुंगाको केत्तुके क्षेत्र र सोलुखुम्बुको पत्ताले क्षेत्रमा काम भइरहेको थियो तर बन्दाबन्दकिा कारण हलिे यहाँ पनि काम बन्द भएको छ ।
एक वर्ष धकेलियो सोलु कोरीडोर
लकडाउनका कारण अन्तिम अवस्थामा आएको आयोजनाको काम एक वर्ष धकेलीने भएको छ । लकडाउन अघि सम्म आयोजनाको काम ८५ प्रतिसत सम्पन्न भएको भए पनि लकडाउनका कारण काम गर्ने मुख्य समयमा काम गर्न नपाउँदा एक वर्ष सम्म धकेलीने भएको हो ।
आयोजनाको ९० किलोमिटर क्षेत्रमा निर्माण गर्नुपर्ने ३ सय ३ वटा टावरमध्ये २ सय ५५ वटा टावर निर्माण सम्पन्न भइसकेका र आउँदो मे ३१ सम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना लकडाउनका कारण ठप्प हुँदा काम सक्ने अवस्था नभएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले बताउनु भयो । सोलुखुम्वुका केही सामुदायिक वन क्षेत्रमा मौषम अनुकुल काम गर्न सक्ने अववस्था नभएका कारण आगामी चैत्र मसान्त सम्ममा आयोजनाको काम सकिने उहाँको भनाई छ । मे ३१ मा सक्ने गरि आयोजनाको सम्झौता भएका भए पनि एक महिना समय थप गरी काम सक्न लागि परेको भए पनि लकडाउने गर्दा काम गर्न असहज भएका गौतमको भनाई छ ।
सोलुखुम्वुको केही वन क्षेत्रहरुमा टावरको फाउण्डेसन नै तयार नभएका र वनमा काम गर्न पस्ने बेलामा लकडाउन लागु भएका कारण अवको समय लकडाउन खुल्दा पनि सामुदायिक वनहरुमा काम गर्न सक्ने अवस्था रहँदैन । सामुदायिक वनमा काम गर्ने अवस्था नहुँदा सोलु कोरीडोको काम सक्न कम्तिमापनि एक वर्ष पछि लम्विने आयोजना प्रमुख गौतमले बतानु भयो ।
आयोजनाको काम गरिरहेको भारतीय ठेकेदार कम्पनी मोहन इनर्जी कर्पोरेशनले काम सञ्चालन गर्न समस्या भएको जनाउदै ठेकेदार कम्पनील आयोजना प्रमुखलाइे काम गर्ने वातावरण निर्माणका लागि आग्रह समेत गरेको छ ।