logo
२०८१ मंसिर १२ बुधवार



लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

खुला |


लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ


गोरखापत्र अनलाइन
वैशाख १५ गते ।  लाठी प्रहार गरी मायादेबी गाउँपालिका–१ धमौली बस्ने ४० वर्षीय राम नेवास लोधको हत्या गरेको अभियोगमा दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् ।

सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?