logo
२०८१ मंसिर १२ बुधवार



सर्लाहीमा थ्रोट स्वाब सङ्कलन गरिएका ११५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

खुला |


सर्लाहीमा थ्रोट स्वाब सङ्कलन गरिएका ११५ जनाको कोरोना रिपोर्ट नेगेटिभ


जनार्जन खत्री
सर्लाही, बैशाख १६ गते । सर्लाहीमा सङ्कलन गरेर परीक्षणका लागि टेकु पठाइएको ११५ जनाको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाईरस (कोभिड–१९) सक्रमित धनकौलका १४ वर्षीय बालकका परिवारसहित चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका ११६ जनाको गत सुक्रवार थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाइएको थियो । त्यसमध्ये सोमवार दिउँसोसम्म ११५ जनाको रिपोर्ट आएको र उनीहरु सबैमा कोरोना संक्रमण नरहेको पुष्टी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

जिल्लाबाट पठाइएको मध्ये एक जनाको स्वाब भने काठमाण्डौं नपुगेको जानकारी प्राप्त भएको र त्यस सम्वन्धमा बुझ्ने काम भइरहेको प्रजिअ जिसीले बताउनु भएको छ । उहाँका अनुसार अब ईश्वरपुरका एक जनाको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी छ । केही दिनअघि ¥यापिड डाइग्नोष्टिक किट (आरडीटी) विधीबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९, रामनगरका ती पुरुषको पीसीआर विधीबाट स्वाब परीक्षण गर्न टेकु नै पठाइएको थियो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनबाटै स्वाब सङ्कलन गरी टेकु पठाइएका ती पुरुषको पनि सोमवार नै रिपोर्ट आउने बुझिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ । यहाँबाट सङ्कलन गरेर पठाइएको स्वाबको रिपोर्ट एकपछि अर्को गरी नेगेटिभ आउँदा जिल्लावासीले खुशी व्यक्त गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?