logo
२०८१ मंसिर १२ बुधवार



कर्णाली प्रदेशमा आरडिटी अभाब

खुला |


कर्णाली प्रदेशमा आरडिटी अभाब


हुम्ला समाचारदाता
सिमकोट वैशाख १५ गते । कर्णाली प्रदेशमा र्यापिड डाइग्नोष्टि टेष्ट गर्ने किटको अभाब भएको छ । यस अघि कर्णाली प्रदेशका लागि आएका किटहरु परिक्षणका क्रममा सकिए पनि उक्त किटहरुको अभाब देखिएको छ ।

कर्णाली प्रदेशमा आरडिटी किटको अभाब भएको सामाजिक बिकास मन्त्री दल बहादुर रावलले बताउनुभयो । यस अघि प्रदेशलाई प्राप्त किटहरु जिल्ला जिल्ला र प्रदेश केन्द्रमा कोरोना संक्रमणको आशंकामा बिभिन्न ब्यक्तिको रकग परिक्षण गर्ने क्रममा सकिएपछि किटको अभाब भएको उहाँले बताउनुभयो ।

माथिल्लो हुम्लाका लागि हवाई मार्गबाट अलपत्र परेका हुम्लाबासी पठाउने पर्यटन मन्त्रालयको निर्णय भएपछि कर्णाली प्रदेश सरकारले सबै हवाई यात्रुको आडिटी किटबाट कोरोना संक्रमणको परिक्षण गर्ने भनेपछि किटको अभाबले परिक्षण प्रभाबित हुने देखिएको छ ।

सुर्खेतमा त सो किट नै सकिनै लागेको छ । उक्त किटका लागि बाँकेको नेपालगंज उपमहानगर पालिकाका मेयर, स्वास्थ्य मन्त्रालयका सचिब र स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई आरडिटी किटको ब्यबस्थाका लागि अनुरोध गरेको मनत्री रावलले बताउनुभयो । तर उता पनि डेढ सय भन्दा बढी किट नभएको जानकारी आएको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?