logo
२०८१ मंसिर १२ बुधवार



एकै दिन १३७ जना क्वारेन्टाइनमा

खुला |


एकै दिन १३७ जना क्वारेन्टाइनमा


अर्जुन काफ्ले
स्याङ्जा, बैशाख १६ गते । कोरोना भाइरको बिश्वभर महामारी फैलिरहदाँ स्याङ्जामा बच्न र बनाउन उच्च सर्तकता अपनाइएको छ ।  विपद् ब्यवस्थापन समितिले अपनाएको सर्तकता अनुसार बाहिरी जिल्लाबाट जिल्ला प्रवेश गर्ने जो कोहीलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

यहाँ बारा र काठमाडौबाट जिल्ला प्रवेश गर्ने १३७ जनालाई एकै दिन क्वारेन्टाइनमा राखिएको हो ।  बारा र काठमाडौबाट स्याङ्ज प्रवेश गरेका गल्याङ, पुतलीबजार, वालिङ नगरपालिका, कालिगण्डकी र अर्जुन चौपारी गाउँपालिकाका नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो ।

एकै दिन बाराबाट आएका ८३ जना मध्ये गल्याङमा ७८ जना र कालिगण्डकीमा पाचँ जना तथा काठमाडौबाट आएका ५४ जनामा गल्याङमा ४२ जना, पुतलीबजारमा पाचँ जना, वालिङमा पाचँ जना र अर्जुन चौपारीमा दुई जना क्वारेन्टाइनमा राखिएको प्रजिअ रामबहादुर कुरुङबाङले जानाकारी दिनुभयो ।

यहाँ हाल पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा गल्याङमा १२० जना, कालिगण्डकीमा १७ जना, अर्जुनचौपारीमा १२ जना, पुतलीबजारमा १४ जना, वालिङमा १० र बिरुवामा दुई जना गरी १७५ जना तथा ३५ जना होम क्वारेन्टाइनमा गरी २१० जना क्वारेन्टाइनमा रहेका छन् ।

कोरोनाका कारण सरकारले लकडाउन गरेसगै यहाँ एक सय १० जना पालिकाले निर्माण गरेको क्वारेन्टाइनबाट घर फर्केका छन् भने ५६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

बिगतमा बाहिरबाट आउने होम क्वारेन्टाइनमा बस्न दिएपनि अहिले पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नुपर्ने बनाइउको छ ।
जिल्ला भित्रेको जो कोही पनि १४ दिन क्वारेन्टाइनमा बसेपछि कोरोनाको पीसीआर टेष्ट पश्चात नेगेटिभ आएमा मात्र घर फर्कन पाउने नियम बनाइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?