logo
२०८२ असार ७ शनिवार



करिडोरको काम गर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता

खुला |


करिडोरको काम गर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता


हुम्ला समाचारदाता
सिमकोट वैशाख १८ गते । कर्णाली करिडोरको अन्र्तगत धारापोरी च्याछरा खण्डमा काम गर्ने क्रममा एक जना कामदार कर्णाली नदीमा खसेर बेपत्ता भएका छन् । नाम्खा गाउँपालिकाको वडा नम्बर १ को ताक्रु खोला क्षेत्रमा ग्याबिन भर्ने क्रममा भिरबाट खस्दा कर्णाली नदीमा परे कामदार बेपात्ता भएका हुन ।

बन्दाबन्दीका बेला पनि करिडोरको उक्त खण्डमा काम भै रहेको र सडकको दक्षिणी किसानाका ग्याबिन भर्ने क्रममा भीरबाट खसेर कर्णाली नदीमा पर्दा बेपत्ता भएको थुदुङ किराँतेश्वर जेभीका स्थानीय प्रतिनिधि तेज बहमदुर महतले बताउनुभयो । यसरी काम गर्दै गर्दा कर्णाली नदीमा खस्ने मकवानपुर जिल्ला कैलाश गाउँपालिकाका स्थायी बासिन्दा २१ बर्षका किताव सिंह बल रहेका छन् । नदीमा खसेर बेपत्ता भएको बलको खोजीमा धारपोरी क्षेत्रमा कामदारले खोज्दा नभेटिएको महतले बताउनुभयो ।

बेपत्ता बलको खोजीका लागि धारापोरी प्रहरी चौकी, जिल्ला प्रहरी, याङ्चु चौकी लगाउत आधा दर्धजन प्रहरी चौकीबाट ३७ जना प्रहरी खोजीका लागि कर्णाली नदी तिरमा परिचालन भएको प्रहरी नाउब उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो । तर प्रहरीले बेपत्ता बललाई पत्ता लागनउन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?