बेलिना थापा
लमजुङ, बैशाख १९ गते । लमजुङमा निर्माण गरिएको क्वारेन्टाइनमा ३ सय १७ जना बसिसकेका छन् । ८ वटा स्थानीय तहको क्वारेन्टाइनमा ९९ महिला र २ सय २८ पुरुष बसिसकेका छन् ।
१ सय ९० जना भने क्वारेन्टाइन अवधि पुर गरी घर फर्किसकेका छन् । घर फर्केनेमा ५२ महिला र १ सय ३८ पुरुष छन् ।
जिल्लास्थित क्वीक रेस्पोन्स् टिम (क्युआरटी) का अनुसार क्व्होलासोंथर गाउँपालिकामा सबैभन्दा धेरै १ सय ६८ जना बसिसकेका छन् । बेंसीसहर नगरपालिकामा ५७ जना, मध्यनेपाल ननगरपालिकामा ३६ जना, मस्र्याङदी गाउँपालिकामा ३१ जना बसिसकेका छन् । सुन्दबरजार नगरपालिकामा ६ जना, राइनास नगरपालिकामा ११ जना, दोर्दी गाउँपालिकामा ५ जना, दूधपोखरी गाउँपालिकामा ३ जना बसिसकेको क्युआरटीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो ।
क्वारेन्टाइनबाट फर्केने १ सय ९० जनामध्ये सबैभन्दा धेरै क्व्होलासोंथर गाउँपालिकामा ८३ जना छन् । बेंसीसहर नगरपालिकाबाट ४२ जना, सुन्दरबजार नगरपालिकाबाट ६ जना, मध्यनेपाल नगरपालिकाबाट २० जना फर्किएका छन् । राइनास नगरपालिबाट ६ जना, मस्र्याङदी गाउँपालिकाबाट २५ जना, दोर्दी गाउँपालिकाबाट ५ जना, दूधपोखरी गाउँपालिकाबाट ३ जना फर्किएका छन् ।
बिहीबार लमजुङमा निर्माण गरिएको क्वारेन्टाइनबाट १५ जना थप भएका छन् । महिला ४ जना र ११ प्रुष थप भएको क्युआरटीले जनाएको छ । क्व्होलासोंथर गाउँपालिकामा १ महिला र ६ पुरुष गरी ७ जना, राइनास नगरपालिकामा ३ महिला र २ पुरुष गरी ५ जना, बेंसीसहर नगरपालिकामा ३ पुरुष थप भएका छन् । जिल्लाको क्वारेन्टाइनबाट बिहीबार ९ जना घर फर्किएका छन् । महिला ३ जना र पुरुष ६ जना घर फर्केका हुन् । क्व्होलासोंथर गाउँपालिकाबाट ३ पुरुष, राइनास नगरपालिकामा ३ महिला र ३ पुरुयष गरी ६ जना फर्किएका छन् । जिल्लाभर १ सय २७ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । महिला ४६ जना र ८१ जना पुरुष रहेका छन् ।
क्व्होलासोंथर गाउँपालिकामा ३३ महिला र ५२ पुरुष गरी ८५ जना बसेका छन् । मध्यनेपाल नगरपालिकामा ३ महिला र १३ पुरुष गरी १६ जना, बेंसीसहर नगरपालिकामा ५ महिला र १० पुरुष गरी १५ जना, मस्र्याङदी गाउँपालिकामा २ महिला र ४ पुरुष गरी ६ जना, राइनास नगरपालिकामा ३ महिला र २ पुरुष गरी ५ जना बसेका छन् । सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिकाको क्वारेन्टाइन भने खाली छन् ।