स्याङ्जा समाचारदाता
स्याङ्जा, बैशाख २१ गते । बिश्वभर कोरोनाको महामारी पैलिरहदाँ नेपाल प्रगतिशिल इन्जिनियरिङ् एसोसियसन स्याङ्जाले फुट अपरेटेड हेण्ड वास सिस्टम (खुट्टाद्धारा धारा खोलेर हात धुनें बिधी) को बिकास गरी प्रयोगमा ल्याएको छ ।
एसोसियसनले कोरोनाको महामारीमा बच्न र बचाउने उदेश्यले बिधीको बिकास गरी प्रयोगमा ल्याएको हो । खुट्टाद्धारा धारा खोलेर हात धुने बिधीको जिल्ला अस्ताल कुमाल डाडाँमा प्रयोगमा ल्याइएको सुरुवात गरेको निर्माण कर्ता इन्जिनियर रामचन्द्र गिरीले जानाकारी दिनुभयो । उहाँले प्याडललाई खुट्ले थिचेपछि स्प्रीङको माध्यमबाट धारा थिचिई पानी आउने र हात धुन मिल्ने बताउनुभयो ।
दायाँ खुट्ले प्याडल थिच्दा धारामा आफै पानी खुल्ने र बायाँ खुट्टाले प्याडल थिच्दाँ सेनिटाइजर आफ्ै आउने गिरीले बताउनुभयो । उहाँले एका तिर ट्याङकीबाट निकस्केको पानीले साबुन लगाइएको हातलाई धोएपछि अर्कोतिर रहेको स्यानिटाइजरबाट हात सफा गरिने बताउनुभयो ।
उहाँले अहिलेको महामारीमा धारा छुन नपरेपछि कोरोना भाइरसको संक्रमणबाट बचिने र पानीको समेत बचत हुने बताउनुभयो । सिस्टमको बिकास गर्न करिब ३० हजार खर्च लागेको बताउदै गिरीले आवत जावन हुने जोखिम युक्त ठाउँ अस्पताल रोजेर पहिलो राखिएको बताउनुभयो । जिल्लामा पहिलो पटक अस्पतालमा राखिएको बताउदै गिरीले अन्य ठाउँमा माग भए बनाउन सहयोग गर्ने बताउनुभयो ।
सिस्टमको सुरुवात गर्दैै जिल्ला समन्वय समितिका प्रमुख सिता कुमारी सुन्दासले बर्तमान अवस्थामा सिस्टम ब्यवहारीक भएको र अन्य पालिकाले समेत उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षत्री, डा सुशिल मरासिनी, अस्पताल संचालन समितिका अध्यक्ष लोकराज शर्मा, एसोसिएसनका अध्यक्ष इन्जियिनर टिकाराम रेग्मी, सचिब इन्जिनयर टेक खड्का, इन्जियनियर सन्तोष थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।