logo
२०८१ मंसिर १२ बुधवार



दशैसम्म मौज्दात खाद्यान्नबाटै ब्यबस्था गर्न लिमिटेडलाईनिर्देशन

खुला |


दशैसम्म मौज्दात खाद्यान्नबाटै ब्यबस्था गर्न लिमिटेडलाईनिर्देशन


हुम्ला समाचरादाता
सिमकोट वैशाख २१ गते । खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लाका लागि अहिलेको मौज्दातबाटै आगामी दशै तिहारसम्म खाद्यान्न ब्यबस्था गर्न परिपत्र गरेको छ । लिमिटेडले बन्दाबन्दीमा खाद्यान्न ढुवानीको ब्यबस्था गर्न नसकिने र तत्पश्चात मनशुन सुरु हुने भएपछि भएकै खाद्यान्नबाट ब्यबस्था गर्न परिपत्र गरिएको हो ।

लिमिटेडको सिमकोट शाखाका प्मुख राम बहादुर बिष्टले ढुवानी अनुदानको खाद्यान्न हालसम्म १३ हजार ९८९ दशमलव २४ क्वीन्टल हुम्लाका लागि ढुवानी भएकोमा हाल गोदाममा मौज्दात खाद्यान्न छ हजार १४९ दशमलव २८ क्वीन्टल रहेकोले त्यर्सैबाट आगामी दशै तिहारसम्म ब्यबस्था गर्न निर्देशन आएको बताउनुभयो ।

लिमिटेडको निर्देशन आएपछि सो अबधिसम्म हुम्लाका लागि खाद्यान्न पुग्ने अबस्था छैन् । दशै आउन अझै सात महिना बाँकी रहेको छ । जिल्लामा एक पटक खाद्यान्न बिक्री बितरण गर्न दुइृ हजार क्वीन्टल आबश्यक पर्छ । यस हिसाबले अहिलेको मौज्दातले दशै तिहारसम्म खाद्यान्न नपुग्ने शाखाको जनाएको छ । हुम्ला जिल्लाबाट तीस हजार क्वीनटल खाद्यान्नको माग हुदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?