logo
२०८१ मंसिर १२ बुधवार



भारतीय नागरिक नेपाल छिर्न खोजेपछि झापामा तनाव

खुला |


भारतीय नागरिक नेपाल छिर्न खोजेपछि झापामा तनाव


विष्णुप्रसाद पोखरेल
दमक, वैशाख २३ गते । झापा गाँउपालिकाको सिमा क्षेत्रमा भारतीय नागरिकहरुले नेपाल प्रवेश गर्न नपाएपछि नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि त्यहाँको सुरक्षा ब्यवस्था कडा पार्नका साथै थप शशस्त्र प्रहरी परिचालन भएको बताईएको छ । त्यहाँ सोमबार साँझ तनाव उत्पन्न भएपछि नेपाली सुरक्षाकर्मीहरुले हवाई फायर गरेको जनाईएको छ ।

झापा गाँउपालिका वडा नं. ४ सुकुम्बासी बस्तै नजिकै रहेको सिमामा शुरुवातमा दूई ब्याक्ति नेपाल प्रवेस गर्न खाजेका थिए । उनिहरुलाई रोकेर फिर्ता पठाएपछि केहि बेरमा १ सय ५० भन्दा बढि भारतीयहरु घरेलु हातहतियार सहित नेपाली सुरक्षाकर्मीलाई आक्रमण गर्न आएका थिए । सानो संख्यामा रहेका सुरक्षाकर्मीहरुले हवाइफायर गरेपछि उनिहरु भारततर्फ भागेको सुरक्षा श्रोतले जनाएको छ ।

उक्त घटनापछि राती नै थप बल त्यहाँ पुगेको जनाईएको छ । शसस्त्र प्रहरी निरिक्षक दीनेश आचार्यको कमाण्डमा थप सुरक्षाकर्मी त्यहाँ परिचालित भएको र भारतीय सुरक्षाकर्मीहरुसंग समेत समन्वय भएर दुबै तर्फ सिमा कडाई गर्न थालिएको सुरक्षा श्रोतको भनाई रहेको छ ।

नेपाली सुरक्षाकर्मीले फायर समयमा नै खोलेकाले उनिहरुले आक्रमण गर्न नसकेको पनि बताईन्छ ।
सोमबार नै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर सहित जिल्लाका राजनीतिक दलका प्रमुखहरुले झापासंग सिमा जोडिएका सिमा नाँका र त्यहाँ परिचालित सुरक्षाकर्मीहरुको अवस्था बुझेको थियो । टोलीमा सहभागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कष्ठप्रद रुपमा सुरक्षाकर्मीहरु बसेको पाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?