logo
२०८१ मंसिर १२ बुधवार



जलारीले पाए फेवातालको जलकुम्भी हटाउने काम

खुला |


जलारीले पाए फेवातालको जलकुम्भी हटाउने काम


तारा चापागाई
पोखरा, बैशाख २४ गते ।  पोखरा महानगरपािलका वडा नं १८ खपौदीमा बसोवास गर्दै आएका जलारीहरुलाइ काम पाएका छन् । जलारी समुदायले राहत भन्दा पनि कामको माग राखेपछि महानगरले उनीहरुलाइ फेवतालको जलकुम्भी निकाल्ने काममा लगाएको हो । जसबाट एकातिर ज्याला पाउछन् भने अर्कातिर फेवतालको मुहार पनि फेरिनेछ ।

कोरोना भाइरस फैलिनले डरले सरकारले गरेको लकडाउनले दैनिक माछा मार्ने र बेचेर जिविकोपार्जन गर्ने जलारी समुदायलाइ असर गरे सगै उनीहरुको माग राहत भन्दा पनि काम पाएमा गरिखाने भन्ने थियो । उनीहरुको यस मागलाइ महानगरले पुरा गरेको छ ।

पुर्खौली पेशा नै जाल थाप्ने भएकोले लकडाउनले बाहिर निस्कन नपाएपछि महानगरपालिकाले दिएको कामले खुशी लागेको कृस जलारीले बताउनु भयो । उहाँ भन्नु हुन्छ , “काम गर्ने वातावरण सृजना गरिदिएकोमा खुशी लागेको छ , अन्य आयश्रोत थिएन, हरेक दिन माछा मार्न नपाउदा वा मारेको माछा पनि बजारमा लगेर बेच्न नपाउदा घरखर्च समस्या भएको थियो ।” फेवतालमा सामाजिक दुरी पालन गरि काम गरेको उहाँले जानकारी दिनु भयो ।

हर्पन मत्स्य सहकारीका सल्लाहाकार ज्ञान बहादुर जलारीले महानगरले आफ्नो समुदायलाइ काम लगाएर उद्धार गरेकामा खुशी लागेको बताउनु भयो । उहाँले सरकारको राहत भन्दा काम गरेर खान पाएकोमा धेरै खुशी लागेको बताउनु भयो । फेवतालमा फैलिने जलकुम्भीको झारका कारण माछा मार्न पनि समस्या बनाउने हुदा दुइतिरबाट फाइदा लिन सकिनेमा बताउनु भयो ।
फेवतालमा अहिले ६० जना जलारीले दैनिक बिहान १० बजेबाट २ बजेसम्म जलकुम्भी झार फाल्ने काम गरेका छन् । सो काम गरेवापत उनीहरुले प्रतिब्याक्ति दिनको ३५० रुपैया पाउने पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनु भयो ।

“राहत चाहिएन् काम दिनुस्” भनेपछि उहाँहरुलाइ महानगरले काम गरेर खाने वातावरण बनाएका हौ, गत वर्ष फेवतालमा आएको जलकुम्भि झारले निकै समस्या बनाएकोले यसलाइ फागुन चैत्रमा उम्रिदैबाट सफा गर्न बजेट छुटट्याएका थियौ, ।” सोहि बजेटको योजनाबाट काम दिएको उहाँले बताउनु भयो । पोखराको फेवताल छेउ खपौदिमा ९० घर जलारी छन् । लकडाउनका बेला सरकारले दिने राहत भन्दा महानगरले दिएको काममा जलारीहरु खुशी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?