logo
२०८१ मंसिर १२ बुधवार



सिमावर्ती जिल्लामा संक्रमण देखिए लगतै धनकुटाको पाँचवटा नाकामा कडाई

खुला |


सिमावर्ती जिल्लामा संक्रमण देखिए लगतै धनकुटाको पाँचवटा नाकामा कडाई


कोकिला भण्डारी
धनकुटा, बैशाख २५ गते । सिमावर्ती जिल्लामा भाईरसको संक्रमण देखिए लगतै धनकुटाका पाँच वटा नाकामा कडाईका साथ सम्पूर्ण नाका सिल गरिएको छ । जिल्लाको प्रवेशद्धार भेडेटारलगायतका पाँचवटा नाका (लेगुवा, छनम्वर बुधबारे, छथरजोरपाटी, त्रिबेणीघाट) मा हेल्थ डेक्स स्थापना गरि चेकजाँच गरेर मात्र अत्यावश्यक कामका लागि पनि पास भएकोलाई मात्र प्रबेश गर्ने ब्यावस्था मिलाए सँगै कडाई गराईएको छ ।

सीमावर्ती जिल्ला भोजपुर र उदयपुरमा नोवल कोरना भाईरस कोभिड १९ को संक्रमण देखिए लगतै जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा उच्च सतर्कता अपनाउदै कडाईका साथ सबै नाका सिल गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केवश प्रसाद विमलीका अनुसार धनकुटाको पश्चिमी सीमवर्ती क्षेत्रमा भोजपुर र दक्षिणी क्षेत्रमा उदयपुर जिल्लाको सिमाना जोडिएको र उक्त सीमावर्ती जिल्लामा संक्रमण देखिइसकेकाले धनकुटा जिल्लामा उच्च सतर्कता साथ कडाइ गरिईएको छ ।

अत्यावश्यक काम बाहेक कसैलाई पनि जिल्लामा आउन र जिल्ला बाहिर जान कडाईका साथ धनकुटाको सम्पूर्ण नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठका अनुसार जिल्लाको प्रबेशद्धार भेडेटारमा कडा चेक जाँच गरिएको छ । अत्यावश्यक कामकालागि आएका सवारी साधान र यात्रुहरुको नाम नम्वर मोवाईल नम्वर आएको र जाने स्थान लगायतका विवरण भर्नुका साथै हेल्थ डेक्स स्थापन गरि यात्रुलाई फिवर गनले ज्वरो जाँच गरेर मात्र प्रबेश गराउने ब्यवस्था गरिएको छ ।

हालसम्म जिल्ला भरिमा १९४ वटा क्वारेन्टाईन वेड, १२ वटा आईसुलेशन वेड, १५ वटा एम्बुलेन्सको ब्यावस्था गरिएको छ । जिल्लामा रहेका क्वारेन्टाईन वेडमा २८ जना विरामिहरु रहेका छन भने ४११ जना ब्याक्ति होम क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

जसमा धनकुटा नगरपालिकामा ६० वटा क्वारेन्टाईन वेड, १२ वटा आईसुलेसन वेड, ९ वटा एम्बुलेन्स, ११३ जना ब्याक्तिहरु होम क्वारेन्टाईनमा बसेका छन् भने पाख्रिबास नगरपालिकामा १० वटा क्वारेन्टाइन वेड, १ वटा एम्बुलेन्स, २३ जना ब्याक्तिहरु होम क्वारेन्टाईनमा बसेका जिल्ला प्रशासन कार्यालय धनकुटाको तथ्यांकले जनाउँछ ।
यसैगरी महालक्ष्मी नगरपालिकामा ३६ वटा क्वारेन्टाइन वेड, २ वटा एम्बुलेन्स, एकजना विरामी क्वारेन्टाइन वेड र ६८ जना ब्याक्ति होम क्वारेन्टाईनमा रहेका छन भने छरजोरपाटी गाउँपालिकामा १० वटा क्वारेन्टाइन वेड, १ वटा एम्बुलेन्स, ५४ जना ब्याक्तिहरु होम क्वारेन्टाइनमा रहेका प्रशासनले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष मनोज राईका अनुुसार शहिदभूमि गाउँपालिकामा २१ वटा क्वारेन्टाइन वेड, २८ जना ब्याक्ति होम क्वारेन्टाईनमा रहेका छन भने साँगुरीगढी गाउँपालिकामा २० वटा क्वारेन्टाइन वेड, ७० जना ब्याक्ति होम क्वारेन्टाइनमा रहेका छन् यसै गरि चैविसे गाउँपालिकामा ३७ वटा क्वारेन्टाइन वेड, २ वटा एम्बुलेन्स, २७ जना विरामी क्वारेन्टाईनमा रेहका छन् भने होम क्वारेन्टाईनमा ५५ जना ब्याक्तिहरु रहेका छन् ।

हालसम्म धनकुटा नगरपालिका वडा नम्वर छ स्थित आत्मारामा व्यवस्थापन गरिएको क्वारेन्टाइन र आइसोलसन वार्डमा भने कुनै व्यक्ति राखिएको छैन । धनकुटामा ३ सय ८४ थान पीपीई, ८१ थान थर्मल गन, १५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र ७ जनाको स्वाब परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?