logo
२०८१ मंसिर १२ बुधवार



बैतडीमा औलो र स्क्रबटाइफसका बिरामी फेला

खुला |


बैतडीमा औलो र स्क्रबटाइफसका बिरामी फेला


गोकर्ण दयाल
बैतडी, वैशाख २६ गते । कोरोना भाइरसको उच्च जोखिममा रहेको बैतडीमा सात वर्षिया बालिकामा औलो र ४८ वर्षिय पुरुषमा स्क्रबटाइफस देखा परेको छ । बैतडीको शिवनाथ गाउँपालिकाकी सात वर्षिया बालिमामा औलो र दशरथ चन्द नगरपालिका–६ का ४८ वर्षिय पुरुषमा स्क्रबटाइफस देखा परेको हो ।

बैतडीमा औलो रोग यसअघि देखिने भए पनि स्क्रबटाइफस समेत देखा पर्न थालेका स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । औलो रोग देखा परेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने र स्क्रबटाइफस देखिएका पुरुष धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार गरेर बैतडी फर्किनु भएको छ ।

बैतडीको दशरथ चन्द नगरपालिका –६ का ४८ वर्षिय पुरुषले आफुलाई लगातार १०४ डिग्री ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि कैलालीको माया मेट्रो अस्पतालमा उपचार गराउँन जाँदा स्क्रबटाइफस देखिएको बताउनुभयो ।

अस्पतालमा एक हप्ता आईसियुमा भर्ना गरेर औषधि उपचार गर्दा एक लाख ३४ हजार रुपियाँ खर्च भएको ती पुरुषले बताउनुभयो 
बैतडीमा उपचार नहुँना आफूले लाखौ रुपियाँ खर्च गर्नुपरेको ती पुरुपषको गुनासो छ । कोरोना भाइरसको जोखिम देखिन नदिन उच्च सतर्कता अपनाईरहेका बेला बैतडीको शिवनाथ, पञ्चेश्वर र मेलौली नगरपालिकामा औलो र दशरथ चन्द नगरपालिकामा स्क्रबटाइफस देखा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमखु योगशप्रसाद भट्टले बताउनुभयो ।

औलो रोग मच्छरले टोक्दा सर्ने र स्क्रबटाइफस मुसा र गाइवस्तुको कानमा, घाँसपात र खेतबारीमा बस्ने किर्नाले टोक्दा हुने भएको गोडमेल गर्दा र बस्तुभाउको हेरचाह गर्दा साबधानी अपनाउन स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  औलो रोग र स्क्रबटाइफस संङ्क्रमित मान्छेबाट अर्कोमा मानिसमा नसर्ने भए पनि औलोबाट बच्न राति सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने, लामखुट्टे बस्ने पानीका खाल्डो पुर्ने र स्क्रबटाइफसबाट बच्न वस्तुभाउ स्याहार्दा, घाँसपात र गोडमेल गर्दा ध्यानदिनु पर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?