logo
२०८१ मंसिर १२ बुधवार



एम्बुलेन्सको दुरुपयोग रोक्न जिपिएस डिभाईस जडान

खुला |


एम्बुलेन्सको दुरुपयोग रोक्न जिपिएस डिभाईस जडान
फाइल तस्बिर



मधुसुधन तिमल्सिना
काभ्रे, बैशाख २६ गते । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित एम्बुलेन्समा जिपिएस डिभाईस जडान सुरु गरिएको छ । छिटो, छरितो, सर्वसुलभ र दुरुपोग रोक्नका लागि जिल्लाभर सञ्चालित एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा सञ्चालित २० एम्बुलेन्समा जिपिएस डिभाईस जडान सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालबाट जिपिएसमा जोडिएका एम्बुलेन्सहरुको मनिटरिङ्ग गरिने छ । जिल्लाभर ३५ एम्बुलेन्स सञ्चालनमा रहेका छन ।

नेपाल रेडक्रस सोसाईटी अस्पताल पुर्व सेवाका प्रमुख भोजराज ओझाका अनुसार धुलिखेल अस्पतालमा रहेका दुईवटा एम्बुलेन्समा पहिल्यै जिपिएस जडान गरिएको थियो भने नेपाल रेडक्रस सोसाईटी मार्फत हस्तान्तरण गरिएका चौरी देउराली र बेथानचोक गाउँपालिकामा रहेका दुई गरी चारवटा एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएका छन । पाँचवटा एम्बुलेन्स सम्पर्कमा नरहेको, नियमित नविकरण नगरेको तथा कागजपत्र समेत नभएको भन्दै जिपिएस प्रणाली जडानमा सहभागि भएका छैनन । एम्बुलेन्स सेवाका लागि हटलाईन १६६०११२२००० नम्वरमा फोन गर्न सकिने ब्यवस्था मिलाईएको छ ।

जिपिएस प्रणालीमा जडान भएको एम्बुलेन्सका बारेमा धुलिखेल अस्पतालमा रहेको मनिटर तथा सम्वन्धित गाउँपालिका तथा नगरपालिका र एम्बुलेन्स ब्यवस्थापन समितिले संचालन गरेको मोवाईलमा रेकर्ड रहनेछ । हरेक दिनको रेकर्ड वा बार्षिक तथा चाहेको समयको रेकर्ड लिन सकिने गरी जिपिएस प्रणाली जडान गरिएको छ ।

अब एम्बुलेन्सको दुरुपयोग समेत नहुने जनाइएको छ । जिल्लामा ख बर्गका चारवटा एम्बुलेन्स छन भने ग वर्गका ३१ वटा एम्बुलेन्स छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोकमा २७ वटा एम्बुलेन्स मध्ये तीनवटा एम्बुलेन्समा जडान गरिएको जिपिएस धुलिखेल अस्पताल मै केन्द्रित गरिएको छ । बाह्रविसे, जलविरे र मेलम्चीमा रहेका एम्बुलेन्समा प्रविधि जडान गरिएको ओझाले बताउनु भयो ।

स्वास्थ्य कार्यालय काभ्रे, धुलिखेल अस्पताल, नेपाल रेडक्रस सोसाईटी समेतको सहकार्यमा पालिकाहरुको सहयोगमा उक्त प्रविधि जडान गरिएको छ । प्रविधि जडान गरे बापत पालिकाहरुले ५ वर्षको डिभाईसको १२ हजार ५ सय र इन्टरनेट खर्च बापत मासिक ५ सय रुपैया तिर्नु पर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?