logo
२०८१ मंसिर १२ बुधवार



चितुवा थुनिएपछि बँदेल गाउँ घुम्न थाले !

खुला |


चितुवा थुनिएपछि बँदेल गाउँ घुम्न थाले !


 

गोकर्ण दयाल
बैतडी, वैशाख २७ गते । चितुवा थुनेर चितवन लगेपछि बैतडीको तल्लो स्वराड क्षेत्रका गाउँमा बँदेल घुम्न थालेका छन् । गाउँ पसेका बँदेल खेतीपाति नास गर्न थालेका छन् ।

गत महिना बैतडीको मेलौली नगरपालिका–९ विशालपुरमा चितुवाले नौ वर्षिया बालिकालाई खाएपछि गाउँमा चितुवा थुन्न खोर निर्माण गरिएको थियो । खोरमा फसेको चितुवा चितवन लिगिएपछि गाउँमा बँदले घुम्न थालेका हुन् ।

चितुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा ८ वर्षको अवधिमा २५ जना बालबालिकाकाे ज्यान लिइसकेकाे छ । चितुवा समात्न चितवन राष्ट्रिय निकुञ्जका विज्ञ आएर खोर निर्माण गरेका थिए । खोरमा चितुवा फसेपछि गाउँमा एक महिनादेखि छाएको शान्ति बँदलले बिथोल्न थालेको स्थानीयले बताएका छन् ।

बँदेलले खेतबारीमा लगाएको अन्न र तरकारी नास गर्न थालेपछि हैरान भएको शिवनाथ गाउँपालिकाका स्थानीय राजेन्द्र चाँडले बताउनुभयो ।

जैविक विविधतामा खलल पुगेकोले चितुवाले मान्छे खाने र बँदेलले खेतीपाति खान थालेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो ।

बँदेलले किसानलाई सास्ती गरेको खण्डमा स्थानीय सरकारसँग समन्वय गरेर बँदेल धपाउन वा मार्न सकिने डिभिजन वन कार्यालय बैतडीले जानकरी दिएको छ ।

मरेको बँदेल वन कार्यालयसँग समन्वय गरेर जनप्रतिनिधि साक्षी राखेर खाल्डो खनेर पुर्नुपर्ने डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?