logo
२०८१ मंसिर १२ बुधवार



काभ्रेमा सुरु भए विकास निर्माणका काम

खुला |


काभ्रेमा सुरु भए विकास निर्माणका काम


मधुसुधन तिमल्सिना
काभ्रे, वैशाख २९ गते । काभ्रेपलाञ्चोक जिल्लामा विकास निर्माणका काम सूचारु भएका छन् । मुलुकभर लगाइएको बन्दाबन्दीको कारण राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट सञ्चालित आयोजनाका काम बन्दाबन्दी केही खुकुलो भएसँगै विकास निमार्णका काम पुनः सञ्चालन हुन थालेकाे हाे । 

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य पहाडी) राजमार्ग, काभ्रे एकिकृत खानेपानी, लाकुरी भञ्ज्याङ्ग पनौती नमोबुद्ध सडक, बनेपा–पनौती सडक, तिनपिप्ले बोहोरेदोभान सडक, दोलालघाट चौरी गुराँसे सडक, हिगुवापाटी नगरकोट सडक, काभ्रे भञ्ज्याङ्ग दाप्चा सडक लगायतका महत्वपूर्ण योजनाहरू निर्माण सुरु भएका छन् भने स्थानीय सरकारका थुप्रै महत्वपूर्ण आयोजनाहरू पनि सुरु भएको पाइएको छ ।

लाकुरी भञ्ज्याङ्ग पनौती नमोबुद्ध सडकको निर्माणका जिम्मेवारी लिनुभएका रामेश्वर थापाले सडकको नाली बनाउने, पर्खाल लगाउने लगायतका काम गरिरहेको जानकारी दिनुभयो । उहाँले दैनिक ६० जना कामदारमार्फत काम गरिरहेको जानकारी दिनुभयो । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सहयोगले निर्माण सामग्री ल्याउनमा सहयोग पुगेको बताउँदै असार मसान्तसम्ममा कुशादेवीदेखी पनौती सम्म ग्रावेलिङको काम सम्पन्न हुने बताउनुभयाे । बाग्मती प्रदेश सरकारको लगानीमा निर्माणका सुरु भएको सडक ३३ करोड ८३ लाखमा लुम्विनी÷खानी÷ब्राइट जे.भी काठमाडौँलाइ निर्माणको ठेक्का परेको थियो । २०७५ भदौ २३ गते सम्झौता भएको सडक २०७७ फागुन २२ गते सम्पन्न गर्नुपर्ने छ ।
अन्य आयोजनाहरू पनि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले क्रसर, खानी उद्योग सञ्चालन तथा निर्माण सामग्री बोक्ने सवारी साधन निर्बाध सञ्चालन गर्न दिएपछि विकास निर्माणका काम सूचारु भएको निर्माण व्यवसायीले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?