logo
२०८१ मंसिर १२ बुधवार



रौतहटमै पहिलो पटक दुई स्थानीय तहद्वारा स्यानिटाइजिङ टनेल सञ्चालन

खुला |


रौतहटमै पहिलो पटक दुई स्थानीय तहद्वारा स्यानिटाइजिङ टनेल सञ्चालन


कृष्ण तिवारी
रौतहट, जेठ १ गते । विश्वमै महामारीको रुपमा तीव्र गतिमा फैलिँदै गइरहेको कोरोनाभाइरस सङ्क्रमणबाट सेवाग्राहीलाई सुरक्षित राख्न रौतहटको दुई स्थानीयतहले एकैसाथ स्यानिटाइजिङ टनेल सञ्चालन गरेको छ ।

जिल्लाको गरुडा र कटहरिया नगरपालिकाले रौतहटमै पहिलो पटक यो स्यानिटाइजिङ टनेल सञ्लानमा ल्याएको हो ।  पछिल्लाे समय विश्वका अन्य देशहरूसँगै नेपालमा समेत कोरानाभाइरसको सङ्क्रमण धेरै मात्रामा बढ्न थालेपछि गरुडा र कटहरिया नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याएको हो । 

स्यानिटाइजिङ टनेलको प्रयोगले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको छ ।  टनेलभित्र प्रवेश गर्नेबित्तिकै त्यसमा जडान गरिएको मेसिनले आफैँ स्यानिटाइज गरिदिने व्यवस्था गरिएको छ । त्यसैले यो प्रविधिले कोरोनाको जाेखिमलाई केही हदसम्म नियन्त्रण गर्न सकिने विश्वास लिइएको गरुडा नगरपालिकाका मेयर ईनु राय यादवले जानकारी दिनुभएको छ ।
कार्यालयको प्रवेशद्वारमा राखिएको स्यानिटाजिङ टनेलले कार्यालय आउने सेवाग्राही र कर्मचारीलाई राहत पुग्ने विश्वास लिइएको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले बताउनुभयो ।

याे पनि हेर्नुहाेस्...

सङ्क्रमित बढ्दै गएपछि प्रदेश ५ मा अन्य अस्पताल खाली गरिँदै


आफ्ना विभिन्न कामले नगरपालिकामा आउने सेवाग्राहीलाई सङ्क्रमणबाट सुरक्षित राख्नको निमित्त सुचारु गरिएको स्यानिटाइजिङ टनेलका कारण आम नागरिक, जनप्रतिनिधि र कर्मचारीसमेतले सुरक्षित महसुस गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?