logo
२०८१ मंसिर १२ बुधवार



लतियाही गाँउ सील, बन्दाबन्दीमा झनै कडाइ

खुला |


लतियाही गाँउ सील, बन्दाबन्दीमा झनै कडाइ


जिवछ यादव
लहान, जेठ ४ गते । सिरहाको सखुवानन्कारकटि १ लतियाहीमा वैदेशिक रोजगारबाट आएको ३० वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाँउलाई सिल र जिल्लाभरि नै बन्दाबन्दीलाई कडाइ गरेको प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईंले बताउनुभएको छ ।

आइतबार बिहानैदेखि बन्दाबन्दीमा अनावश्यक काम काजको लागि घरबाहिर ननिस्कन जिल्लाका सुरक्षा निकायहरूले माइकिङ गरेर सर्वसाधारणलाई सचेत गराउने काम गरेको उहाँले जानकारी दिनुभयो ।

सखुवानन्कारकटि गाँउपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार सखुवा १ लतियाही गाँउलाई पुरै सिल गरेर वरिपरिका गाँउका कसैलाई पनि प्रवेश गर्न दिइएको छैन भने कोरोना सङ्क्रमित युवकको घर परिवारका सबै सदस्यहरूको जाँचको लागि आइतबार अबेरसम्म भएपनि जाँच टोली आइपुग्ने छ । लतियाही गाँउमा सन्त्रास देखिएकोले वडाध्यक्ष शुभनारायण यादवले गाँउमा भयभित नहुन सबैमा आग्रह गरिरहनुभएको छ ।

हिजोसम्म मलेसियाबाट आएको भनिएपनि वास्तविक साउदी अरेबियाबाट आएको खुलेको वडाधयक्ष शुभनारायण यादवले भन्दै ६७ दिन पहिले आएको ३० वर्षीय युवक सङ्क्रमित भएपनि शनिबार पुष्टि भएपछि जिल्लाबाट एम्बुलेन्स लिन घर आएपछि खेतमा हलो जोतेर युवक भर्खरै घर आएको सङ्क्रमित युवक र उनको वृद्ध आमा, पत्नी र छोरा छोरीहरूमासमेत कुनै लक्षण नदेखिए पनि लतियाहीलगायत वरिपरिको गाँउमा त्रास देखिएको छ ।

सङ्क्रमित युवक साउदीबाट आएपछि त्यस भेगमा निकै घुमघाम र धेरैसँग भेटिसकेकोले बढी त्रसित भएको स्थानीय छिमेकी शिक्षक रामखेलौन यादवले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?