तारा चापागाई दुवे
पोखरा, जेठ ४ गते । पोखरामा बारीकाे डिलमा गाडिएकाे अवस्थामा एक शव फेला परेको छ । वडा नं १४ समिनतारा बस्ने २१ वर्षका ज्ञानबहादुर परियारले सोही स्थान बस्ने २२ वर्षका बिमल रानाभाटलाई घनले हानेर हत्या गरी साथीहरूको सहयोगमा आफ्नै घर पछाडिको बारीको डिलमा शव गाडेकाे आशङ्का गरिएकाे प्रहरीले बताएकाे छ ।
घटना भएको एक महिनापछि एकाएक कास्की प्रहरीलाई मानिसको हत्या गरी शव गाडेको भन्ने सूचना आएपछि कास्कीका प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले शव गाडेको स्थानमा उत्खनन गर्ने क्रममा सडेको अवस्थामा शव फेला पारेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीले घटनामा संग्लन रहेको आशङ्कामा पोखरा - १४ समिनतारा बस्ने ज्ञान बहादुर परियारसहित, १८ वर्षका सञ्जय दर्जी, १८ वर्षका कुमार परियार र बाग्लुङ जिल्ला गलकोट घर भइ हाल पोखरा - १४ समिनतारा बस्दैआएका १९ वर्षका सागर परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।