चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ६ गते । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोक जिल्लालाई एक करोड रुपियाँ बराबरको स्वास्थ सामग्री दिएको छ । न्यालम जिल्लाले आज जिल्ला विपद् व्यवस्थापन समितिलाई दुई देशबिचको मितेरी पुलमा स्वास्थ सामग्री प्रदान गरेको हाे ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । एक हजार एक सय पीपीई सेट, एक हजार पाँच सय टेष्ट किट, एक हजार पाँच सय एन ९५ मास्क एक लाख ३० हजार डिस्पोजेबल मास्क, १०८ इन्फ्रारेड थर्मोमिटर र सर्जिकल मास्क र अन्य स्वास्थ्य सामग्री नेलम काउन्टीले दिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभयो । स्वास्थ सामग्री सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहलाई प्रदान गरिने भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । न्यालम जिल्लाका सिडिओ मिष्टर फङ सि वीले सो सामान हस्तान्तरण गर्नुभएको हो ।