logo
२०८१ मंसिर १२ बुधवार



धुलिखेल अस्पतालमा दुई हजार जनाको पीसीआर परीक्षण

खुला |


धुलिखेल अस्पतालमा दुई हजार जनाको पीसीआर परीक्षण


मधुसुधन तिमल्सिना
काभ्रे, जेठ ६ गते । धुलिखेल सामुदायिक अस्पतालले करिब दुई हजार जनाको थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पीसीआर) विधिबाट काेभिड - १९ परीक्षण गरेको छ ।

धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याj विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकारले चैत २३ गतेदेखी अहिलेसम्म एक हजार आठ सय २१ जनाको परीक्षण रिपोर्ट आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार २२१ जनाको स्वाव सङ्कलन गरेर परीक्षण भइरहेको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन डा. नरेन्द्रकुमार झाले परीक्षण भएकामध्ये एक हजार छ सय ६५ जना शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट, १३६ काभ्रेपलाञ्चोक जिल्ला र २० जना अन्य जिल्लाबाट रहेका छन् । धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाको परीक्षण हुन्छ । झाका अनुसार धुलिखेल अस्पतालमा परीक्षण भएकामध्ये २१ जनाको पीसीआर पोजेटिभ आएको छ भने बाँकीको नेगेटिभ आएको छ ।

त्यस्तै, काभ्रेपलाञ्चोक जिल्लामा ८४७ जनाको द्रूत परीक्षण (आरडीटी) बाट भएको छ । जसमा १४ जनाको पोजेटिभ आएको छ भने बाँकीमा नेगेटिभ आएको छ । उनीहरूको स्वाव सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षण सुरु गरिएको झाले जानकारी दिनुभयो ।

धुलिखेल अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दुई हजार छ सय किट आएको छ भने आरडीटी परीक्षण गर्न एक हजार किट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायत फ्रन्ट लाइनका काम गर्नेको आरडीटी परीक्षण भइरहेको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?