logo
२०८१ मंसिर १२ बुधवार



भारत गएका नेपाली फर्कन थालेपछि सुरक्षा सर्तकता बढाइयो

खुला |
फिचर |


भारत गएका नेपाली फर्कन थालेपछि सुरक्षा सर्तकता बढाइयो


शिवशङ्कर मिश्र ।
बारा, जेठ ११ गते । रोजगारीको लागि भारत गएका नेपाली फिर्ता आउन थालेपछि नेपालमा सुरक्षा सर्तकता अपनाइएको छ । भारतको विभिन्न शहरमा काम गर्दैआएका नेपाली मजदुरहरू लकडाउनको कारण काम नपाएर दिनहुँ स्वदेश फिर्ता आउन थालेका छन् । नेपाल भारत दुई देशबिचमा खुला सीमा रहेका कारण उनीहरू रातको समयमा बढी भारतबाट नेपाल आउने गरेको स्थानीयहरूले जानकारी दिएका छन् ।

यसरी नेपाली श्रमिकहरू रातिको समयमा स्वदेश फिर्ता आउन थालेपछि उनीहरूकाे ठेगाना पहिचान गरी  सम्बन्धित पालिकाको प्रमुखसँग समन्वय गरी निर्माण गरिएको क्वारेन्टाइनमा त्यहाँको एम्बुलेन्स मगाएर पठाउने गरिएको छ ।

भारतबाट आउने नेपाली श्रमिकहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा विशेष निगरानी बढाएको तथा आउने नेपालीलाई रोकेर त्यसैको पालिकामा पठाउने गरेको सशस्त्र प्रहरी बल नम्बर–१२ गण सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनुभयो ।

सीमा सुरक्षाको निगरानीमा सशस्त्र प्रहरीको ७ वटा स्थायी बेस क्याम्प रहे पनि छिमेकी राष्ट्र भारतबाट कोरोना महामारी नियन्त्रणको लागि थप १७ वटा अस्थायी क्याम्प स्थापना गरी अधिकृतदेखि करिब चार सय सशस्त्र प्रहरी जवान खटाइएको उहाँले जानकारी दिनुभयो ।

'आइतबार बिहान ११ बजेसम्म कोल्हवी नगरपालिकामा ८० र बारागढी गाउँपालिकामा २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूसँगै भारतका विभिन्न सहरमा काम गर्दैआएका हालसम्म ५४३ जना नेपाली कामदार स्वदेश फिर्ता आएको रेर्कड हामीले तयार पारेका छाैँ' भन्नुभयाे । 
यस्तै बारा जिल्लाको १६ वटा स्थानीय तहको क्वारेन्टाइनमा बसेका ५९१ जनामध्ये अधिकांश भारतमा काम गर्ने रहेका छन् । ४८ जना अन्य तथा ५४३ जना कामदार नै रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
कोरोना सङ्क्रमित एक महिलासहित १२ जनामध्ये वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका तीनमध्ये दुई जना घर फिर्ता गएको र एक जनाको त्यहीँ तथा बाँकी नाै जनाको कलैया अस्पतालको आइसोलेसनमा उपचार भइरहेको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट वीरेन्द्रप्रसाद मण्डलले जानकारी दिनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?