logo
२०८१ मंसिर १२ बुधवार



आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु

खुला |


आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु



बाजुरा समाचारदाता
बाजुरा, जेठ १८ गते । जिल्ला अस्पताल, बाजुराको आइसोलेसनमा भर्ना भएकी दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

बूढीगङ्गा नगरपालिका वडा –१ बस्ने दुई वर्षकी बिरामी बालिकाको जिल्ला अस्पतालको आइसोलेसन बेडमै मृत्यु भएको जिल्ला अस्पताल, बाजुराले जनाएको छ । मृतक बालिकालाई आमाबुवाका साथ ८ दिनअघि भारतबाट नेपालमा आउने क्रममा नै उच्च ज्वरो, स्वासप्रश्वासमा कठिनाइ,  झाडापखाला, बान्ता हुने र पेट दुख्ने समस्या भएकाे बताइएकाे छ ।

भारतबाट आएर धुरालसैन माविको क्वारेन्टाइनमा रहेका बेला बच्चालाई अचेत हुने समस्या भएपछि जेठ १५ गते बेलुका ८ बजे जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी हुन् । भर्ना भएकै भोलिपल्ट मृतक बालिकालगायत आमाबुवाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल, धनगढी पठाइए पनि रिपाेर्ट भने आउन बाँकी छ ।

चिकित्सकलगायतको टोलीले बालिकाको स्वास्थ्य जाँच गर्दा बालिका अचेत अवस्थामा रहेको र उनी कडा खालको निमोनियाबाट ग्रसित भएकोले उनलाई इन्ट्राभेन्स आइ.भी एन्टिबायोटिक औषधि र अक्सिजन दिई चार दिनसम्मको निरन्तर उपचारमा अस्पतालको स्रोत र साधनको अधिकतम प्रयोग गरेर पनि बिरामी बालिकालाई बचाउन नसकेको जिल्ला अस्पताल, बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?