logo
२०८१ मंसिर १३ बिहीवार



जागिरबाट हटाएको भन्दै अस्पतालको सफाइ कर्मचारीद्वारा आत्मदाह प्रयास

खुला |


जागिरबाट हटाएको भन्दै अस्पतालको सफाइ कर्मचारीद्वारा आत्मदाह प्रयास


शिवराज ढुङ्गाना
अछाम, जेठ २६ गते । जागिरबाट हटाएकाे भन्दै साँफेबगरका एक युवकले बयलपाटा अस्पतालकै प्राङ्गणमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका छन् । करिब डेढ वर्षदेखि सरसफाइ कर्मचारी पदमा कार्यरत साँफेबगर नगरपालिका–६ भागेश्वर निवासी सिद्धान्त आउजीले आत्मदाह प्रयास गरेका छन् ।

घाइतेको बयलपाटा अस्पतालमै उपचार भइरहेको छ । “शरीर पूरै पोलिरहेको छ, अलि गाह्रो नै छ ।” अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भन्नुभयो । बिहान साँढे आठ बजेतिर अस्पतालको आकस्मिक कक्षअगाडि पेट्रोल छर्किएर आत्महत्या प्रयास भएको बताइएको छ ।

सुत्केरी उद्धारमा आइरहेको हेलिकप्टरमा घाइतेलाई लिन तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । घटनाका बारेमा छलफल भइरहेको अस्पताल रहेको साँफेबगर नगरपालिका–७ का वडा अध्यक्ष मिठुसिंह भाटले जानकारी दिनुभयो । आर्थिक समस्याका कारण अस्पतालले करार सम्झौता थप नगरेर हटाइको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू निकै रुष्ट हुँदैआएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?