logo
२०८१ बैशाख १३ बिहीवार

  रुपन्देही सामूहिक हत्याकाण्ड अपडेट  



राती नै हत्या गरेको आशङ्का, शव तन्नामा बेरिएको थियो

खुला |


राती नै हत्या गरेको आशङ्का, शव तन्नामा बेरिएको थियो
तस्बिर साैजन्यः भरत प्रधान


दीपक ज्ञवाली
रुपन्देही, जेठ २७ गते । रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् ।
रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरू हुन । दुई जना भने स्थानीय हुन् ।
मृतकहरूमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन । फर्म स्थानीय कृष्ण पुनको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिञ्जालीले पाँचै जनाकाे शवलाई तन्नाले बेरेका थिए ।
सिञ्जालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरी अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी टोली घटनास्थलमा घटिएको बताउनुभयो । स्थानीयले सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको जनाएका छन् । फर्म सञ्चालक पुनले बिहान पौने पाँच बजे दूध लिन आउँदा घटना देखेका थिए । हत्या आरोपी सिञ्जालीले राती ९.०० बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?