logo
२०८१ मंसिर १३ बिहीवार



चितवन, ओखलढुङ्गा र गैँडाकोटबाट अवैध हातहतियारसहित पक्राउ

खुला |


चितवन, ओखलढुङ्गा र गैँडाकोटबाट अवैध हातहतियारसहित पक्राउ
तस्विर–फाइल



गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २७ गते । चितवनको भरतपुर महानगरपालिका–११, भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल एक थान र गोलीको खोका १२ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला परेको हो ।

ओखलढुङगा, सुनकोशी–४, टिपटार बस्ने २६ वर्षीय युवराज राईलाई भरुवा एक थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), गैँडाकोट नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा लुकाईछिपाई राखेको भरुवा बन्दुक एक थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय, गैँडाकोटबाट खटिएको प्रहरीले वनकाे बुढीआँप भन्ने स्थानमा सालको रुखमुनि लुकाईछिपाई राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?