logo
२०८१ बैशाख १२ बुधवार



सामूहिक हत्या प्रकरणमा क्षतिपूर्ति दिने भएपछि शव उठाउने सहमति

खुला |
प्रदेश |


सामूहिक हत्या प्रकरणमा क्षतिपूर्ति दिने भएपछि शव उठाउने सहमति


दीपक ज्ञवाली
बुटवल, जेष्ठ २८ गते । रुपन्देहीको मैनहियामा सोमबार राति भएको सामूहिक हत्याका शव बल्ल उठाइने भएको छ । तिलोत्तमा नगरपालिका, फर्म सञ्चालक र स्थानीय पीडित परिवारबीच बुधबार भएको वार्तामा दाहसंस्कार तथा किरियाजस्ता प्रयोजनका लागि नगरपालिका र फर्म सञ्चालकले रकम उपलब्ध गराउने सहमति भएपछि शव उठाइने भएको हो ।
अहिलेसम्म स्थानीयले शव बुझ्न मानेका थिएनन् । ती शव अस्पतालको शव गृहमा राखिएका थिए ।
सहमति अनुसार मृतकका प्रत्येक परिवारलाई फर्म सञ्चालक कृष्णबहादुर पुनले एक/एक लाख र तिलोत्तमा नगरपालिकाले २५/२५ हजार रुपियाँ उपलब्ध गराउनेछन् । वार्तामा तिलोत्तमा नगरपालिकाका प्रमुख बासु घिमिरे, घटना भएको गङ्गादेवी पशु फर्मका सञ्चालक पुन, मृतकका आफन्त, स्थानीय लगायतको सहभागिता थियो ।
तर घटनामा मृत्यु भएका परिवारका दुई जीवित बालकहरूको भविष्यबारे केही सम्बोधन नगरिएको स्थानीयको गुनासो छ ।
सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?