logo
२०८१ मंसिर १३ बिहीवार



सुनौलीमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

खुला |
फिचर |


सुनौलीमा मृत्यु भएका युवकमा कोरोना पुष्टि


लक्ष्मण पौडेल
भैरहवा, जेठ ३० गते । भारतबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार उहाँको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताउनुभयो ।

‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो’ उहाँले भन्नुभयो, ‘भारतमै गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजिटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’

भारतको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारिपट्टि सुनौलीमा ती व्यक्तिकाे मृत्यु भएको थियो । उहाँ पाल्पाका तीन जना साथीसँग मिलेर बुधबार बिहान ४ बजे सुनौली नाकामा आइपुग्नुभएको थियो । सुनौली बजारमा आइसकेपछि एक्कासी बान्ता गरेपछि ती व्यक्तिकाे तत्कालै मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?