logo
२०८१ मंसिर १३ बिहीवार



छतबाट खसेर बालकको मृत्यु

खुला |


छतबाट खसेर बालकको मृत्यु


भैरहवा समाचारदाता
भैरहवा, असार १८ गते । घरको छतबाट खसेर रुपन्देहीको चार वर्षीय बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ शिवलहवा निवासी ओमप्रकाश यादवका छोरा अजय यादवको घरको छतबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

एकतले घरको छतबाट खसेका अजयको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खत्रीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?