logo
२०८१ मंसिर १३ बिहीवार



मास्क नलगाई हिँड्ने १०६ जनालाई कारबाही

खुला |


मास्क नलगाई  हिँड्ने १०६ जनालाई कारबाही
सांकेतिक तस्बिर


गोकर्ण दयाल
बैतडी, साउन ४ गते । सार्वजनिक स्थल र भीडभाडमा मास्क नलगाई हिँड्ने १०६ जनालाई बैतडी प्रहरीले एक सय रुपियाँ जरिवाना लिएर कारबाही गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गृह मन्त्रालयले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएपछि बैतडी प्रहरीले मास्क नगाउनेलाई कारबाही सुरु गरेको हो ।

प्रहरी ठाउँठाउँमा माईकिङ गरेर कोरोना भाइरससम्बन्धी जनचेतना जगाए पनि अटेर गरी बजार र सार्वजनिक स्थानमा हिँड्ने १०६ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी ईन्सपेक्टर किसन चन्दले बताउनुभयो ।  चन्दले भन्नुभयो, “ गृह मन्त्रालयको निर्देशन अनुसार बैतडीमा १०६ जनालाई एकसय रुपियाँ जरिवाना गरिएको छ । जरिवाना गरेर कारबाहीमा परेकाबाट १६ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।”

लककडाउन खुकुलो हुँदा मास्क नलगाई हिँड्नेको सङ्ख्या बढ्न थालेपछि माईकिङ गरे मात्र नपुगेपछि जरिवाना नै गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । प्रहरीले जरिवाना गर्न थालेपछि बजार क्षेत्रमा हिँडडुल गर्नेले अनिवार्य मास्क लगाउन थालेको पाइएको छ ।

मास्क नलगाई हिँड्नेलाई एकसय रुपियाँ जरिवाना गर्दा प्रहरीले मास्क पनि उपलब्ध गराएर जरिवाना गरेको भए कारबाही रचनात्मक बन्ने स्थानीय बुद्धिजीविको धारणा रहेको छ ।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?