logo
२०८१ मंसिर १३ बिहीवार



नक्कली कागजात बनाउने कार्यालय सहयोगी पक्राउ

खुला |


नक्कली कागजात बनाउने कार्यालय सहयोगी पक्राउ


गोकर्ण पौडेल

तुलसीपुर, साउन ४ गते । नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालय सहयोगीसहित पाँच जना रहेको प्रहरीले जानकारी दिएको छ । चार जनाको मिलेमतोमा सरकारी छाप किर्ते गरी नक्कली ब्लुबुक बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर–४ निवासी ४८ वर्षीय कृष्णप्रसाद खनाल, तुलसीपर–६का २१ वर्षीय अब्दुल हफिस सिद्धिकी, वडा नं. ६ कै ३७ वर्षीय जीवन पोख्रेल र सोही ठाउँका ३२ वर्षीय विष्णु घिमिरे र वडा नं. ५ का चक्रबहादुर वलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभयो । प्रहरीले जीवन पोख्रेल, चक्रबहादुर वली र बिष्णु घिमिरेलाई प्रहरीले प्रदेश ५ सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप एक थान, शाखा अधिकृतको छाप एक थानसहित एक लाख रुपियाँ नगद पक्राउ गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?