नेत्र शाही
जुम्ला, साउन १२ गते । जुम्लाको कनकासुन्दरीमा बुवाको छोराले हत्या गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नं ४ निवासी ७५ वर्षीया बुबा दानबहादुर शाहीको छोराले हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । छोरा ऐनबहादुर शाहीले आफ्नै बुबाको हत्या गरेको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयाे ।
छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटनापछि घाइते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ ।
यसैगरी छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराईसहितको टोली कनकासुन्दरीको घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । मृतक शाहीको टाउको, आँखा र कोखामा घाउ भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । मृतक शाही नेपाल प्रहरीका पूर्व असई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।