सन्तोष राउत
सोलुखुम्बु, साउन १२ गते । सोलुखुम्बुमा लेक लागेर एक जना किशोरीको मृत्यू भएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ र ३ को सिमानाामा पर्ने पाँच पोखरीमा अस्थायी रुपमा पसल सञ्चालन गर्न जाने क्रममा बाटोमा लेक लागेर छेस्कामकी १९ वर्षीय भविकुमारी कुलुङको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
पाँच पोखरीमा लाग्ने मेलामा पसल गर्न जाने क्रममा वक्तमेलवा भन्ने स्थानमा लेक लागेपछि उपचारका लागि घरतर्फ झार्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । नाग पञ्चमीका अवसरमा भोजपुरको समेत सीमामा रहेकाे पाँचपोखरीमा मेला लाग्ने गरेको छ ।