logo
२०८१ मंसिर १४ शुक्रवार



विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गयो, सात गम्भीर

खुला |


विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गयो, सात गम्भीर
सांकेतिक तस्बिर


सहदेव बस्नेत
खलङ्गा, साउन १२ गते । जाजरकोटको कुशेगाँउपालिका-१, स्याक्रीमा विषालु च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ भने सात जना गम्भीर बिरामी परेका छन् । वडा नं १ का वडाअध्यक्ष गोपाल नेपालीका अनुसार जङ्गलबाट टिपेर ल्याएको विषालु च्याउ खाएर बेहोस अवस्थामा रहेकी जनक चलाउनेकी तीन वर्षीया छोरी अन्जना चलाउनेको बाटुले स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

अध्यक्ष नेपालीका अनुसार कुशे गाउँपालिकाका वडा नं १ का ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षकै कल्पना चलाउने, १४ वर्षीया पशुपति चलाउने, छिमेकी नाै वर्षीया निरुता सिंह, १२ वर्षीया धनसरा चलाउने र १४ वर्षीया औसरा चलाउनेको गम्भीर छन् । उनीहरूको स्थानीय एक मेडिकलमा उपचार भइरहेको छ । च्याउ खाएर ज्यान गुमाउने र बिरामी परिवार सोही गाउँका तीन परिवारका हुन् ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उनीहरूलाई थप उपचारको लागि सुर्खेत लैजानका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको बताउनुभयो । उनीहरूको टापुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुँदा गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?